रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ११:२०:४०
♦ सञ्जय मिश्रा
१० असार, रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराति हतियारको कारोबारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४/५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आइतबार राती साढे १२ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाइकल जाँच गर्दा टुल बक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका रामसँगै मोटरसाइकलमा सवार अर्का एकजना भारतीय भने भारत तर्फ भाग्न सफल भएको थियो। एसपी हुमागाईंका अनुसार मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात् पक्राउ परेका भारतीय नागरिक राहुल राम हतियार कारोबारी हुनसक्छ।
उसको साथबाट बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरीका एसपी हुमागाईंको सक्रियताले भारतीय सीमा क्षेत्रमा विगतमा हुने गरेको अवैध कारोबार, आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार