भ्रष्टाचार मुद्दापछि निलम्बनमा परेका मुख्यसचिव अर्यालको योजना आयोगमा सरूवा
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ११:२२:१४
१० असार, काठमाडौं । सरकारले निलम्बनमा रहेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा नयाँ पद सिर्जना गरी सरुवा गरिएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका अर्याललाई योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको हो । निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरू मध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार अर्याललाई मुख्यसचिव सरहकै विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार