शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा वरिष्ठ खेलाडीलाई सम्मान
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ११:३६:३१
१० असार, काठमाडौं । शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन (SCSMF) ले खेलकुदमा योगदान पुर्याएका वरिष्ठ खेलाडीलाई सम्मान गर्न नयाँ प्रशस्तीको आयोजना गरेको छ। यस समारोहमा पुरानो पुस्ता र नयाँ आउने युवालाई सम्मान प्रदान गरिन्छ र यस समारोहलाई ''SCSMF Sports Award 2024” नाम दिएको छ।
यसपालि “SCSMF Sports Award 2024'' प्रख्यात ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिनेछ। उनी एक नेपाली म्याराथन धावक ( Marathon runner) हुन्। उनले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलहरूमा प्रतिस्पर्धा गरेका थिए । उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीनवटा स्वर्ण पदक (Gold Medal) जितेर रेकर्ड बनाएका छन् र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट, ऐतिहासिक प्रदर्शनको लागि चर्चित छन्।
अर्को ''SCSMF खेलकुद पुरस्कार २०२४” खेलकुद क्षेत्रमा उदाउँदो सितारा ओलम्पियन अरिका गुरुङलाई प्रदान गरिनेछ। उनी एसियाली र अन्तर्राष्ट्रिय खेलकुद - मार्शल आर्ट्स , कराँतेमा उल्लेखनीय प्रदर्शनको लागि नामी छन र हालै उनले चीनमा भएको १९ औं एशियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल भइन। पुरस्कार स्वरूप प्रत्येकलाई रु २,५०,००० ससम्मान नगद प्रदान गरिनेछ।
शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाह नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन । उनी Olympic Council of Asia / एशियाली ओलम्पिक परिषदको (Vice President) उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति हुन।
नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउने व्यक्ति स्व शाह नै थिए । उहाँ २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव (Member Secretary) तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष (President) रहेका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि हुन ।
फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा निम्न रुपमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो।
विगतका दिनहरूमा शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन द्वारा Nepal Sports For All Commission को सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ” “The Dawn of a New Era in Nepal Sports” नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो । ओलम्पिक डे २०२२ को अवसरमा असार १ गते बिहिबार उद्घाटन गरिएको यो प्रदर्शनी ५ दिनसम्म संचालन गरिएको थियो र यस फाउन्डेसन द्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृत्तान्त” नामक किताब पनि प्रक्षेपण गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार