रुपामा‘मौरी घार समृद्धिको आधार’कार्यक्रम
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ११:४२:१८
१० असार, कास्की । कास्की जिल्लाको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताए ।
‘एक घर एक मौरी घार’ कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ । रुपा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि एक घर एक घार कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई न्यूनतम मूल्यमा घार वितरण गरी रुपाका सबै घरलाई एक घर एक घार अभियानमा जोडेर आगामी वर्षमा कम्तीमा २५ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।
उनले भने, “मह उत्पादन वृद्धि गरी रुपालाई मौरी पालनको हब बनाउने र यहाँ उत्पादित महलाई ब्रान्डिङ गरी बजारीकरणको उचित व्यवस्थापन गर्नेछौँ ।” बजेट कार्यक्रममा कटहर खेतीलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गर्ने, किसानको खेतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको उपाय खोजी गर्ने, युवालाई उद्यमी बनाई स्वरोजगार बनाउने लगायतका रहेका छन् ।
यसैबीच रुपाले आगामी आव २०८१-०८२ का लागि रु ४६ करोड ७६ लाख ८२ हजारको बजेट कार्यक्रम ल्याएको छ । गाउँपालिका उपाध्यक्ष गुरुङले आइतबार १५ औँ गाउँ सभामा आवको बजेट कार्यक्रम प्रस्तुत गरे। गाउँपालिकाले कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
गाउँपालिकाले ल्याएको बजेटमा चालुतर्फ रु ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ रु १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ । बजेटमा ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष गुरुङले बताए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु एक करोड बजेट छुट्टाइएको छ । रुपाकोट अस्पताल भवन निर्माणका लागि रु ५० लाख, गाउँपालिकाको वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो स्तरोन्नतिका लागि रु दुई करोड ९० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले आवका लागि आर्थिक विकासतर्फ रु तीन करोड ८९ लाख ६२ हजार, सामाजिक विकासतर्फ रु २३ करोड ३० लाख, पूर्वाधार विकासतर्फ रु १० करोड ५० लाख, कृषि तथा पशु सेवाका लागि रु दुई दुई करोड ३२ लाख ६२ हजार विनियोजन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या
कात्तिक १, २०८१ बिहिबार
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
असोज २९, २०८१ मंगलबार
भेडेटारको कोसेली हरियो सागसब्जी, व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ
असोज २८, २०८१ सोमबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
तीन महिनाको खर्च र आम्दानी: निर्माण व्यवसायी र दुग्ध किसानको रकम भुक्तानी गर्दा खर्चमा देखियो सुधार
कात्तिक २, २०८१ शुक्रबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार