कोशी सरकारविरुद्ध केदार कार्कीले दिएको रिटमाथि आज विपक्षी तर्फको बहस, वादीतर्फको सकियो
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १२:२७:३
१० असार, काठमाडौं । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार गठनविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ जारी छ । गत जेठ ३१ मा सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको यो रिट न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ निरन्तर राखिएको हो ।
रिट निवेदक कार्कीका तर्फबाट दायर रिट कर्ता तर्फको बहस आइतबार सकिएको छ । सोमबार प्रतिवादी कोसी सरकारका बहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस हुँदैछ । बहसबाट संविधान र संसदीय प्रक्रिया महत्त्वपूर्ण हुन्छ वा संसदभन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फैसला दिने छ ।
पूर्ण इजलासमा प्रतिपक्षीले धेरै जना वकिलको नाम लेखाएकाले बहस अझै लम्बिन सक्ने सम्भावना छ । सोमबार प्रतिवादीको बहस टुंगिएमा मंगलबार जवाफी बहसपछि फैसला आउन सक्ने बताइएको छ । सरकार बन्ने र ढल्ने स्पष्ट व्यवस्था संविधानमा हुँदा हुँदै संकल्प प्रस्तावले तोकेको मितिमा विश्वासको मत नलिएको भनेर प्रदेश प्रमुख खापुङले नयाँ मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको रिटमा दाबी छ ।
यो बसपछि संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारको आयु कति हुन्छ भन्ने प्रश्नको जवाफ आउनेछ । सरकार परिवर्तनका लागि संकल्प प्रस्तावको प्रयोग हुन्छ वा हुँदैन, अविश्वासको प्रस्ताव बिनै मुख्यमन्त्री हटाउन मिल्छ वा मिल्दैन भन्ने विषय न्यायाधीशहरूले सोधिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार