कर्मचारी आन्दोलनतिर गएपछि सुरुहुन सकेन संसद बैठक, कार्यसूची प्रभावित
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १२:४०:२६
१० असार, काठमाडौं । विभिन्न माग राखेर संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनतिर लागेपछि सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन् । अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै कर्मचारी आन्दोलनतिर हिँडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठक ११ बजे बोलाइएको थियो । तर, अहिलेसम्म सुरु हुन सकेको छैन । संसद्का कर्मचारी र प्राविधिक कर्मचारीले आन्दोलन गरेपछि बैठक सुरु हुन नसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । सोमबारको बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची थियो ।
कर्मचारीका माग सम्बोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलगायत छलफलमा रहेको पनि प्रवक्ता गिरीले जानकारी दिए । मन्त्री गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र कर्मचारी युनियनका अध्यक्षलगायत वार्तामा रहेकाले संसद् बैठक बस्न ढिलाइ भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार