कालिकामा छ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १४:१६:२२
१० असार, नारायणगढ । चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतमा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लगाउन सुरु गरिएको हो ।
नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाई भैँसीसहित करिब छ हजार पशुलाई खोप लगाइने छ । गत साउन २५ देखि भदौ १५ गतेसम्म पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
नगरभित्रका पाँच हजार आठ सय पशुलाई केही महिनाअघि खोरेत विरुद्घको खोप र बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइसकिएको पौडेलले जानकारी दिए । कालिकामा किसानको गोठगोठमा पुगेर अन्य समयमा पनि पशुको अवस्थाबारे जानकारी लिँदै आइएको उनले बताए ।
किसानका गोठगोठ पुगेर पालिकाका ११ वटा वडामा एकै साथ लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिएको पशु सेवा शाखाका अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिकसहित दुई हजार पाँच सय मात्रा खोप प्राप्त भएको र बाँकी खोप र प्राविधिक नगरपालिकामार्फत व्यववस्थापन गरिएको छ ।
अभियानमा पालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीको साथ र सहयोग रहेको पौडेलको भनाइ छ । “नगरका तर्फबाट १२ जना प्राविधिक खटाएका छौँ । यहाँका सहकारी र स्थानीय पनि आवश्यक सहयोग गरेकाले खोप अभियान सञ्चालन गर्न सहज भएको छ । किसानको गोठमै पुगेर खोप लगाइरहेका छौँ”, उनले भने । अभियान एक सातासम्म सञ्चालन हुने उनले जानकारी दिए ।
पौडेलका अनुसार चालु आवको सुरुमा कालिकामा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु मरेका थिए । कूल पशुको सात प्रतिशतमा यसको सङ्क्रमण भएकोे थियो । “गत साउनमा बेलैमा खोप अभियान थाल्दा धेरै पशुको क्षति हुन पाएको थिएन”, उनले भने, “यस वर्ष संक्रमण हुनुअघि नै खोप लगाउँदा संक्रमणको जोखिम कम गर्न सकिने विश्वास लिएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार