किसानलाई दूधमा आत्मनिर्भर बनाउन उन्नत जातका गाई वितरण गरिने
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १४:५५:४१
१० असार, भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुई सय उन्नत जातका गाईका बाच्छी वितरण गर्ने भएको छ । गाउँपालिकाले १५औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको हो ।
आगामी आर्थिक वर्षमा पालिकाले किसानसँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा उन्नत जातको गाईका बाच्छी वितरण गर्ने योजना सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम सञ्चलानको लागि पालिकाले रु ६० लाख बजेट विनियोजन गरेको छ ।
पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँसखेती कार्यक्रम ल्याइएको छ । “दुग्ध मिसन कार्यक्रमअन्तर्गत हामीले उन्नत जातका गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यो कार्यक्रममा किसानसँगको लागत साझेदारीमा दुई सय गाईका बाच्छी वितरण गर्ने लक्ष्य छ ।”
कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारी भञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने भनाइ छ । त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यावसायिक बाख्रापालनलाई जोड दिइएको उनको भनाइ छ ।
गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम र बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । “पालिकाले दूग्धजन्य उत्पादनमा जोड दिएको छ”, उनले भने, “यसअघि किसानलाई उन्नत जातका भँैंसी दिएका थियौँ । यो कार्यक्रम सफल भएको छ । यस पटक गाई वितरणको कार्यक्रम अघि सारेका छौँ ।” उत्पादित दूधको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने उनको भनाइ छ ।
गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले जानकारी दिए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको उनको भनाइ छ । “यहाँ धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्”, उनले भने, “बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई प्रोत्साहनको नीति लिएका छौँ ।”
कृषिमा बहुवर्षीय बालीमा 'एभोकाडो, किबी, चिउरी' लगायत खेतीलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष ज्योत्सना राईले बताए । व्यावसायिक तरकारी, अकबरे खुर्सानी खेतीका साथै किसानसँगको लागत साझेदारीमा फलफूल बगैंँचा विकास तथा ‘एक घर एक करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उनको भनाइ छ ।
महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर’ कार्यक्रमबाट महिला लक्षित कार्यक्रम ल्याइएको उनको भनाइ छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार