रुसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १५:३:४९
१० असार, मस्को । दक्षिणी रुसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो ।
दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले स्थिति नियन्त्रणमा आइसकेको बताएको छ । उनका अनुसार डर्बेन्टसिथ्त सभाघरमा आक्रमणको क्रममा लगाइएको आगो पूर्ण रूपमा निभाइएको छ ।
सशस्त्र आक्रमणमा संलग्न छ जना सशस्त्र व्यक्ति मारिएको मेलिकोभले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ । ‘आतङ्कवादी’ आक्रमणमा संलग्न समूहलाई पक्राउ गर्न कानून प्रवर्तन अधिकारीलाई खटाइसकिएको उनले बताए ।
उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधताभएको क्षेत्रमध्ये एक हो । आक्रमणपछि रुसको यहुदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउन सक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गर्नुभएको छ ।
स्थानीय अधिकारीका अनुसार मखचकला र डरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदा सम्मका लागि रद्द गरिएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तीमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, डा. शेखरप्रति बढ्दो क्रेज
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
एमाले देश बनाउन आएको पार्टी हो, राजनीतिको मात्र कुरा नगर्नुः ओली
मंसिर ३०, २०८१ आइतबार
आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
मंसिर ३०, २०८१ आइतबार