काठमाडौं महानगरको नगर सभामा चर्काचर्की, मेयर बालेनको कार्यप्रति जनप्रतिनिधि असन्तुष्ट
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १५:१८:२८
१० असार, काठमाडौं । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी काठमाडौँ महानगरपालिकाको १५ औँ अधिवेशनमा चर्काचर्की भएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा मेयर शाहमाथि वडा अध्यक्षहरूले विभिन्न आरोप लगाएका छन् । नगर सभामा खास गरी दलका जनप्रतिनिधिले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाएका हुन् ।
नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको अघिल्लो बैठकमा तीन दलका नेताहरूले संयुक्त रुपमा संशोधन हाल्न खोजेका थिए । तर, मेयर शाहले बैठक स्थगित गरी १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले फेसबुकबाट आरोप लगाए । यसैलाई लिएर जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै यसको विरोध गरेका छन् । वडाध्यक्षहरु नविन मानन्धर, नवराज पराजुली र ईश्वरमान डंगोलले मेयर शाहको विरोध गरे ।
उनीहरुले आफूहरूले साझा रुपमा संशोधन प्रस्ताव तयार पारेको भन्दै मेयरप्रति असन्तुष्टि राख्दै वडाध्यक्ष पराजुलीले आफूहरू दलको घोषणापत्र र चुनाव चिह्न लिएर जनतामाझ गएको र त्यसअनुसार साझा धारणा बनाउन एक घन्टा बैठक सारौं भन्दा मेयरले बैठक स्थगित नै गरेर स्टाटस लेखेको बताए । अन्तिम गाँसमा टुंगो लागेको जस्तो, नमिठो जस्तो । जुन खालको स्टाटस आयो, त्यसमा दुःख लाग्यो, उनले भने ।
वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फुटबल खेलमा जस्तै महानगरमा पनि टिम नै मिलेर काम गरे मात्रै सफल हुने बताए । फुटबल खेलको उदाहरण दिँदै सोमबार बसेको १५ औँ नगरसभाको तेस्रो बैठकमा वडाध्यक्ष डंगोलले अवसर ग्रहण गर्न सके मात्रै सफल हुनसक्ने बताए ।
उनले भने, ‘म फुटबल खेलाडी, सायद सबैलाई यो खेल रमाइलो लाग्छ होला । त्यसमा ११ जना खेलाडी हुन्छ । त्यसमा एकजना क्याप्टेन, एकजना गोलकिपर गरी, सेन्टरमा खेल्ने गरी ११ जना हुन्छ । त्यहाँ आ–आफ्नो रोल हुन्छ । सिस्टममा सबै मिल्यो भने गोल गर्न सक्छौँ । सबै मिल्यौँ भने हामीले गोल गर्न सक्छौँ । गोलकिपरले मात्रै बल जोगाउँछु भनेर सम्भव छ ? सिस्टमले अघि बढ्यो भने मात्रै हामी सफल हुन्छौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार