नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १६:५१:२२
१० असार, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।
रत्ननगर–३ मा रहेको साइराम पशुपालन समूहमा आबद्ध किसानलाई गत वर्ष र यस वर्ष भैँसी प्रदान गरिएको रत्न नगरको पशुसेवा शाखाका पशुसेवा प्राविधिक सुन्दर बस्नेतले बताए । उनका अनुसार गत आर्थिक वर्षमा रु २५ लाखका ३३ वटा भैँसी किसानलाई दिइएको थियो भने चालु आवमा रु १० लाखका १५ वटा भैँसी प्रदान गरिएको हो ।
लामो समयदेखि भैँसीपालन गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्ने योजनाअनुसार भैँसी प्रदान गरिएको बस्नेतले बताए । उनका अनुसार समूहमा रहेका सदस्यमध्ये १५ जना दुवै आवका कार्यक्रममा सहभागी भएका छन् ।
भैँसीपालन गर्ने किसानले अनिवार्य रुपमा बीमा गर्नुपर्ने, तीन वर्षसम्म नियमित भैँसीपालन गर्नुपर्नेलगायत प्रावधान तोकिएको बस्नेतले जानकारी दिए । “किसानलाई एउटा भैँसी खरिद गर्न रु ५० हजारसम्म वा भैँसीको मूल्य अनुसार ५० प्रतिशत अनुदान दिने गरेका छौँ”, उनले भने, “अनुदानबाट लिइएको भैँसी बेचेको पाइएमा अनुदान बापतको रकम फिर्ता गर्नुपर्ने हुन्छ भने भैँसी मरेमा पालिकालाई जानकारी गराउनुपर्ने हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार