मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १७:२२:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/maulapur.jpg_tfOvLH7MA0_MoRycKByiU.jpg)
१० असार, रौतहट । रौतहटको मौलापुर नगरपालिकाको ८ बजेट अधिवेशन सोमवार एक समारोहकाबीच सम्पन्न भएको छ । आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा सर्वसम्मत ढंगले सम्पन्न नगरसभाले विभिन्न लोकप्रिय कार्यक्रम सहित कुल ३९ करोडको बजेट घोषणा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरले लिएको ’शुन्य कर नीति’ को सर्वत्र सराहना भईरहेको बताएका थिए । ’बिजुली– पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रममा जनही ३० हजार रुपैया सहयोग, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको गौरव बढाएको उनले बताए ।
त्यस्तै सभाले धुँवा चूल्हों मुक्त अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरिएको छ । यसरी जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुरको सर्वत्र सराहना भइरहेको छ ।
देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरूबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा उनले सम्पूर्ण जनप्रतिनिधि सहित नगरप्रमुखलाई धन्यवाद दिएका थिए। उनले मौलापुरले “ शून्य कर नीति” तथा “फ्री बिजुली फ्री पानी”को निरन्तरता सहित विभिन्न लोकप्रिय कार्यक्रमहरू घोषणा गरेको बताएका थिए ।
उनले संघ र प्रदेश सरकारले जिम्मा लिएका जनता आवास, शिक्षा स्वास्थ्य, नदी नियन्त्रण तथा सिचाई सम्बन्धी काम पूरा नगर्दा नगरपालिकाले अनावश्यक आर्थिकभार बहन गर्नुपरेको गुनासो गरेका थिए।
मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा प्रस्तुत गरेको बजेटमा यस आर्थिक वर्षमा सहरी पूर्वाधार तथा भवन, सडक पुल, सिचाई, नदी नियन्त्रण, फ्री वाईफाईको कार्यक्रम थप प्रभावकारी बनाउने, सञ्चार, ऊर्जा, सामाजिक विकास तर्फ शिक्षा युवा, खेलकुद, स्वास्थ, खानेपानी, सरसफाई, सामाजिक न्याय, कृषी, पशु पंक्षी, मतस्य, भुमि ब्यवस्था सहकारी, पर्यटन तथा संस्कृति उद्योग बाणिज्य बितिय, बातावरण व्यवस्थापनलाई प्राथमिकतासाथ समेटिएको छ। कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद समिना हुसैन, उपमेयर नागेन्द्र यादव, मालपोत कार्यालयका प्रमुख बबुनन्दन साह, नापी कार्यालयका प्रमुख समसुल हक अन्सारी, लगायतले मौलापुरले लिएको शून्य निति तथा जनमुखी कार्यक्रमको सराहना गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेन र वडा अध्यक्षबीच विवाद हुँदा नगरसभा स्थगित
असार १४, २०८१ शुक्रबार
महानगरमा विपी : पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप
असार १४, २०८१ शुक्रबार
धनुषामा मल बिना नै धान रोपाइँ
असार १३, २०८१ बिहिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
टेरामक्सबारे उचित दिन आएछ भने म यसको जवाफ दिनेछु : सांसद बस्नेत
असार १४, २०८१ शुक्रबार
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
असार १४, २०८१ शुक्रबार
अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको रुप्से झरना
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत
असार १४, २०८१ शुक्रबार
प्रतिनिधिसभा बैठक : प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह
असार १४, २०८१ शुक्रबार