कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ सकिएन, मंगलबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुने
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १८:१:१५
१० असार, काठमाडौं । सुनुवाइ नसकिएका कारण कोशी प्रदेश सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सोमबार पनि सर्वोच्चका न्यायाधीश त्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार यसको बाँकी प्रक्रिया जारी रहने भएकाले फैसला आउने सम्भावना रहेको छ ।
तत्कालीन मुख्यमन्त्री केदार कार्कीका तर्फबाट दायर रिट कर्ता तर्फको बहस आइतबार नै सकिएको थियो । सोमबार प्रतिवादी कोसी सरकारका बहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस बाँकी छ । प्रतिपक्षीले धेरै जना वकिलको नाम लेखाएकाले बहस अझै लम्बिन सक्ने सम्भावना छ ।
मंगलबार मुख्यमन्त्रीका तर्फबाट एक जनाले मात्र बहस गर्ने अनि जवाफ दिने इजलासबाट निर्देशन भएको छ । सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भीमार्जुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए । भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने र त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।
कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएको थियो । एमालेका हिक्मतकुमार कार्कीलाई नियुक्त गरेपछि आफू मुख्यमन्त्री बहाल रहँदा रहँदै भएको नियुक्तिमाथि प्रश्न उठाउँदै कार्की सर्वोच्च पुगेका थिए ।
उनले आफू विरुद्ध अविश्वासको प्रस्ताव नआएको, राजीनामा नदिएको र पदमुक्त हुने अन्य आधार पनि केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्ति भएको दाबी गरेका छन् । उनले संविधान र संसदीय प्रक्रियामा प्रवेश नै नगरी सरकार बनाउने कुराले लोकतन्त्रलाई अराजकतातर्फ धकेल्ने भन्दै तत्काल अन्तरिम आदेशमार्फत प्रदेश प्रमुख परशुराम खापुङको निर्णय सच्याउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार