इंग्ल्यान्ड वा दक्षिण अफ्रिका, सेमिफाइनलमा को सँग भिड्छ भारतीय टीम ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १८:१४:४४
१० असार, काठमाडौं । सुपर ८ को समूह बी बाट इंग्ल्याण्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् । तर समूह ‘ए’ को सेमिफाइनलको टोली भने खुलाइएको छैन ।
भारत अहिले समुह ‘ए’ मा शीर्ष स्थानमा छ, तर गणित हेर्दा यो समुहका सबै टिमसँग सेमिफाइनल पुग्ने सम्भावना छ । तर टीम इन्डियाको शीर्ष ४ मा जाने सम्भावना सबैभन्दा बढी छ किनभने यसको ४ अंक छ र नेट रन रेट +२.४२५ छ। यस्तो अवस्थामा भारतले सेमिफाइनलमा पुगेमा कुन टोलीसँग भिड्न सक्छ भन्ने कुरा चासाेका साथ हेरिएकाे छ।
तालिका अनुसार हेर्ने हो भने सुपर ८ को समूह ‘ए’ मा रहेको पहिलो टोलीले समूह ‘बी’ को दोस्रो टोलीसँग खेल्नेछ । समूह बी को शीर्ष टोलीले पहिलो समूहको दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सुपर–८ को अन्तिम खेलमा अष्ट्रेलियासँग हारे पनि टिम इण्डिया शिर्ष स्थानमा रहने सम्भावना छ ।
अष्ट्रेलिया र अफगानिस्तानले अधिकतम ४ अंक हासिल गर्न सक्छन् तर भारतको नेट रन रेटभन्दा बाहिर जान निकै गाह्रो छ । यसको मतलब भारत समूह ए को शीर्ष स्थानमा रह्यो भने उसले समूह बी मा दोस्रो स्थानमा रहेको इंग्ल्याण्डसँग खेल्नेछ। यदि टीम इण्डिया समूह ए मा दोस्रो स्थानमा झर्यो भने उसले समूह बी को शीर्ष टोली दक्षिण अफ्रिकाको सामना गर्नेछ।
इंग्ल्याण्डले २०२२ को टी-२० विश्वकप जितेको थियो। डिफेन्डिङ च्याम्पियन बनेको दबाबका बाबजुद इंग्ल्यान्ड फेरि बलियो प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको छ । सुपर ८ को अन्तिम खेलमा अमेरिकालाई १० विकेटले हराएपछि जोस बटलर र उनका खेलाडी आत्मविश्वासले भरिएका छन् । त्यसैले सेमिफाइनलमा भारतले इङ्ल्यान्डसँग खेले भने भारतलाई जित दर्ता गर्न सजिलो हुनेछैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार