गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १८:४१:६
१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा क्रमशः अगाडि बढिरहेको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि स् समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका बताए ।
अध्यक्ष यादवले गणतन्त्रपछि केही भएन भन्ने गरिएकोमा त्यसलाई चिर्न तस्बिर प्रदर्शनी सफल भएको र सबैले यस्ता रचनात्मक काममार्फत जवाफ दिन जरुरी रहेको बताए । “गणतन्त्रपछि विकास र पूर्वाधारका क्षेत्रमा धेरै उपलब्धि भएका छन् तर जनताको उच्च अपेक्षा र सीमित स्रोतसाधनबीच तालमेल नहुँदा केही प्रश्न भने उठेका छन् । क्रमशः देश विकास गरेर ती प्रश्न पनि सम्बोधन गर्दै जानुपर्छ”, उनले भने ।
अध्यक्ष यादवले गणतन्त्रपछि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै प्रगति र विकास हुनुका साथै मानवीय र सञ्चारका क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । उनले भने, “गणतन्त्रपछि नेपालले यातायात, सञ्चार तथा सूचना प्रविधि, सिँचाइ, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलगायत हरेक क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । कृषि र उद्योग क्षेत्रमा भने अपेक्षिकृत परिवर्तन हुन नसकेका कारणले रोजगारी सिर्जनामा पछि परेको अवस्था छ । अब त्यस बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”
विगतमा सातदेखि १५ दिनसम्म हिडेर पुग्ने ठाउँमा अहिले गाडीबाट छोटो समयमै पुग्न सम्भव भएको उदाहरण दिँदै उनले सञ्चार र यातायातको सम्पर्क सञ्जाल विस्तार भएसँगै मानिसको पहुँचवृद्धि र जीवनस्तरमा सुधार भएको बताए । जसपा अध्यक्ष यादवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालगायतले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार