विराटनगर महानगरको बजेट साढे तीन अर्ब
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार २१:१२:३४
१० असार, मोरङ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको १४ औँ अधिवेशनमा नगरउपप्रमुख शिल्पानिराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा आयतर्फ वित्तीय समानीकरण अनुदानमा सङ्घीय सरकारबाट रु ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट रु दुई करोड ४९ लाख २९ हजारको अनुमान गरिएको छ । साथै राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट रु १६ करोड ११ लाख ७६ हजार एक सय २६, अन्तःशुल्कबाट रु पाँच करोड ८५ लाख ४१ हजार दुई ७९ आय हुने अनुमान गरिएको छ ।
यस्तै वन रोयल्टीतर्फ रु पाँच लाख ८२ हजार पाँच सय ९५, घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट रु ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट रु तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन करबापत रु एक करोड, आन्तरिक आयतर्फ रु एक अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात रु २५ करोड अनुमान गरिएको छ ।
यसैगरी सङ्घीय सरकार सशर्त अनुदान रु ८० करोड ७७ लाख, विशेष अनुदान रु सात करोड ५० लाख समपूरक अनुदान रु एक करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदानतर्फ रु तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान रु दुई करोड गरी कूल रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय हुने गरी अनुमान छ ।
व्ययतर्फ सञ्चालन तथा प्रशासनिक खर्च रु ५९ करोड, ऋणको साँवाब्याज भुक्तानी रु पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी रु तीन करोड ३४ लाख ८३ हजार समपूरक कार्यक्रम रु छ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३ करोड तीन लाख १२ हजार खर्च हुने अनुमान छ ।
वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाका भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कायक्रमतर्फ रु पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मतसम्भारतर्फका लागि रु चार करोड ५० लाख, मर्मतसम्भारका लागि रु १० करोड तथा भारी सवारीसाधन खरिदका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ रु ७८ करोड ७८ लाख एक हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ रु ९९ लाख ५७ हजार, सङ्घसंस्थातर्फ रु दुई करोड ७० लाख, लक्षित वर्ग कार्यक्रम ९आदिवासी जनजाति, दलित, मधेसी तथा यौनिक तथा अल्पसङ्ख्यक०तर्फ रु ६२ लाख ८६ हजार विनियोजन गरिएको ।
साथै बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ रु ९५ लाख ८४ हजार, खेलकुद विकासका लागि रु एक करोड आठ लाख, रोजगार प्रवद्र्धनका लागि रु ७० लाख ४६ हजार, ज्येष्ठ नागरिकतर्फ रु नौ लाख ९५ हजार छुट्याइएको छ ।
यस्तै अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ रु २८ लाख आठ हजार, आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि विकासतर्फ रु एक करोड तीन लाख, पशुपक्षी तथा भेटनरीतर्फ रु एक करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ रु २४ लाख, उद्यमशील विकासतर्फ रु ५० लाख, उपभोक्ताहित संरक्षणका लागि रु आठ लाख ५० हजार, पर्यटन प्रवर्द्धनका लागि रु एक करोड ९४ लाख विनियोजन गरिएको छ ।
यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअन्तर्गत विपद् व्यवस्थापनतर्फ रु एक करोड २० लाख वन वातावरण तथा जैविक विविधतातर्फ रु ३५ लाख ५० हजार तथा सरसफाइका लागि रु एक करोड ३० लाख विनियोजन गरिएको छ ।
यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रअन्तर्गत राजस्व सुदृढीकरणतर्फ रु ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि रु ४० लाख, सहरी विकासतर्फ रु ९० लाख, सूचना तथा सञ्चारका लागि रु ६० लाख सूचना तथा प्रविधिका लागि रु ८० लाख विनियोजन भएको छ ।
सुशासन तथा सेवा प्रवाहका लागि रु एक करोड आठ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ रु ७२ लाख ५० हजार, फोहरपानी प्रशोधन केन्द्रतर्फ रु दुई करोड ९५ लाख भू–उपयोग आवास तथा बस्तीविकास कार्यक्रमतर्फ रु ८५ लाख ४९ हजार विनियोजन गरिएको छ । साथै विद्युतीकरणका लागि रु दुई करोड नौ लाख र नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि रु ३५ करोड गरी कूल रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार विनियोजन गरिएको छ ।
महानगरले सन् २०३० सम्ममा बालविवाहमुक्त महानगरपालिका घोषणा, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालाई सबै वडामा सेवा विस्तार, नगरका व्यस्त सडकमा ट्राफिक लाइट जडान, पत्रकारहरुका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार