युरोकप: समुह बी बाट स्पेन र इटाली नकआउट चरणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार ८:६:३०
११ असार, काठमाडौं । इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो ।
इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै क्रोसियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
गएराति नै सम्पन्न समूह बी को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो । यो जितपछि समूह बी मा तिनै खेल जितेर ९ अंक सहित स्पेन शीर्ष स्थानमा रहेको छ र नक आउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समूहमा दोस्रो हुँदै नक आउट चरणमा पुगेको छ ।
त्यस्तै क्रोसियाको ३ खेलमा २ अंक रहेको छ र नक आउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समूह चरणका खेलपछि ६ वटै समूहका तेस्रो स्थानमा रहेका देश मध्ये शीर्ष चारमा रहन सकेमा क्रोसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोसिया पाँचौं स्थानमा रहेको छ । त्यस्तै समूह बी बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार