जेलबाट रिहा भए विकिलिक्सका संस्थापक जुलियन असान्ज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार ९:१४:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/Julian.jpg_fIKYV39JnW_gV2TI0dbro.jpg)
११ असार, काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन् ।
५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।
जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।
विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ- 'जुलियन असान्ज स्वतन्त्र भएका छन् ।' १९०१ दिनको कारावास पछि, उनी बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कएका थिए । उनले लन्डन उच्च अदालतबाट जमानत पाए र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा भएका थिए ।
विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन । जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरुले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा गत आर्थिक वर्षमा मध्यम आर्थिक सुधार
असार १४, २०८१ शुक्रबार
ट्रम्पले जिते ९० मिनेटको पहिलो राष्ट्रपति बहस
असार १४, २०८१ शुक्रबार
झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
२७ जना महिला टोलीले भोलिदेखि गन्जला चुलीको आरोहण गर्दै
असार १४, २०८१ शुक्रबार
भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
सूचना माग गरेकै कारण पक्राउ परेका अभियानकर्मी १२ दिनपछि रिहा
असार १४, २०८१ शुक्रबार
प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ
असार १४, २०८१ शुक्रबार