संसदमा निर्णयार्थ प्रस्तुत हुने बजेटका पक्ष र विपक्षमा मतदान गर्न सत्तापक्ष र विपक्षीले लगाए ह्वीप
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १०:४७:१५
११ असार, काठमाडौं । मंगलबार प्रतिनिधिसभामा निर्णयार्थ पेश गरिन लागेको बजेटका पक्ष र विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई दुवै पक्षले ह्वीप लगाएका छन् । स्वतन्त्र सांसदबाहेक दलका सांसदमा ह्वीप लगाइएको छ । नेपाली कांग्रेस संसदीय दलले यसअघि नै सांसदहरूलाई अनिर्वाय उपस्थिति हुनुपर्ने भनिसकेको छ भने नेकपा एमालेले पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
एमाले प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको जानकारी दिएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन भनिएको छ । विपक्षले बजेट पारित गराउने अवरोध गर्न सक्ने भन्दै सत्तापक्षले आफना सांसदहरुलाई ह्वीप लगाएका हुन् ।
नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको थियो । रास्वपा, राप्रापा लगायतका दलले पनि सांसदहरूलाई निर्देशन दिइसकेका छन् । सरकारले बहुमतका आधारमा संसदबाट आगामी आर्थिक वर्षको बजेट पारित गराउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार