मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १२:२४:४२
११ असार, काठमाडौं । मुख्यसचिवको लाइनमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल अमेरिका गएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आईजीपीलाई लिएर उनी अमेरिका गएका हुन् । सरकारले सोमबार मन्त्रिपरिषदको निर्णयबाट नयाँ मुख्यसचिव नियुक्तिको बाटो खोलेपछि उनी त्यता लागेका हुन् ।
त्यसका लागि सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय गरेको थियो ।
सरकारको यो निर्णयपछि हाल प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् भने सरकारलाई तत्कालै नयाँ मुख्यसचिव नियुक्त गर्न परेको अड्चन पनि खुलेको छ ।
मुख्यसचिवमा रस्साकस्सी चलेको बेला उनी पूर्व निर्धारित कार्यक्रममा अमेरिका गएका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा हुने युनाइटेड नेशन्स चीफ अफ पुलिस समिटमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
असार १२ र १३ मा हुने समिटमा भाग लिन सचिव अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका एक डीआईजी र सशस्त्रका एकजना एसएसपी किरण बस्नेत त्यसतर्फ गएका हुन् । यता मुख्यसचिवको दौडका लागि योजना आयोगमा रहेका तोया नारायण ज्ञवाली, सञ्चारमा रहेका रामकृष्ण सुवेदी तथा महिला बालबालिका मन्त्रालयमा रहेका दिनेश भट्टराईको दौडधूप चलिरहेको छ ।
पूर्वका सबै एमालेका नेताहरु भट्टराईलाई मुख्यसचिव बनाउन लागि परेका छन् । विगतमा चन्द्र घिमिरे मुख्यसचिव हुन नपाएको र अहिले अवसर आउँदा भट्टराईलाई मुख्य सचिव बनाउनुपर्ने भन्दै पूर्वका एमाले नेताहरूको दौडधूप चलिरहेको छ ।
यस्तो अवस्थामा पनि मुख्यसचिवका प्रमुख दाबेदार अर्याल विदेश भ्रमणमा गएका हुन् । अर्याल पनि एमालेसँग निकट रहेका छन् । उनको निकटता एमालेसँग राम्रो रहेको छ । जसले गर्दा यसपटक मुख्यसचिवको रिङबाट आउट नहुने अर्यालको विश्वास रहेको छ । ‘सरकारी निर्णय दायाँबायाँ नहुने सोचेर नै अमेरिका गएका हुन्’, अर्याल निकट रहेका एक सचिवले भने । ती सचिवका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको परामर्शमै उनी विदेश भ्रमणमा गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार