धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको मात्र नाम सिफारिस गर्न मिल्दैनः महान्यायाधिवक्ता कार्यालय
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १२:३०:१६
१ असार, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा तीन जनाकै नाम सिफारिस आवश्यक हुने राय दिएको छ । अर्थ मन्त्रालयका अनुसार बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन गठित सिफारिस समितिले मागेको सुझावमा महान्यायाधिवक्ता कार्यालयले तीन जना नै हुनुपर्ने जवाफ पठाएको हो ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने बारे समितिले महान्यायाधिवक्ताको कार्यालयबाट राय सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा पनि ३ जनाको नाम सिफारिस हुनुपर्ने जनाएको छ । नेपाल धितो पत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको कार्यालयको राय हो ।
महान्यायाधिवक्ताको कार्यालयले पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने, यदि यो सम्भव नभए पुनः नयाँ प्रक्रिया सुरू गर्नुपर्ने सल्लाह दिएको छ । छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितो पत्र बोर्डका कार्यकारी निर्देशक द्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो ।
यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भए । धितो पत्र बोर्डका अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई बोलाइएको थियो । दोस्रो पटक पनि यी तीनै जना उम्मेदवार अन्तर्वार्ताको लागि उपस्थित नभएपछि अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार