डिपोजिट मेसिनमा कसरी जम्मा गर्ने चेक, यस्तो छ सिटिजन्स बैंकको प्रक्रिया ?
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १४:४५:२३
१३ असार, काठमाडौं । वित्तीय क्षेत्रको डिजिटल कारोबारमा अग्रणी रहेको सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई छिटो र प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । चेक डिपोजिट मेसिनबाट हाल केही शाखाहरूमा कारोबार गर्न सकिन्छ भने आगामी दिनमा अन्य शाखाहरूमा पनि क्रमशः यो बिस्तार गरिने बैंकले जनाएको छ ।
यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरुले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सेवासुविधाहरु अझ सरल, सहज तथा छरितो हुने बैंकले दावी गरेको छ । सिटिजन्स बैंकका कर्मचारीको भनाइमा प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरूप वित्तीय क्षेत्र विश्वभर नै डिजिटल भइरहेकाले बैंकले पनि यसै अनुसार ग्राहकहरूलाई सेवा दिन थालेको हो ।
सिटिजन्स बैंकले समयानुकूल नयाँ प्रविधिलाई आत्मसात गर्दै अघि बढ्ने नीति लिएको र यस डिजिटल चेक डिपोजिट मेसिनबाट ग्राहकलाई आफ्नो अनुकूल समयमा विना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले चेक डिपोजिट गर्न सहयोग पुग्नेछ । समयको बचत हुनेछ । २४ घन्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो समयानुकूल लिन सकिने जनाएको छ । यसअघि चेक जम्मा गर्न बैंकमा नै पुगेर लाइन बस्नुपर्ने व्यवस्था थियो । यो झन्झटिलो प्रक्रिया अब अन्त्य भएको छ । सिटिजन्स बैंकले देशभरिका शाखामा यो सुविधा पुर्याउने लक्ष्य लिएको छ ।
सिटिजन्स बैंकका अनुसार अब ग्राहकले आफ्नो वा अरु कसैको चेक जम्मा गर्न काउण्टरमै पुगेर लाइन लाग्नुपर्ने झन्झट अन्त्य भएको छ । छोटो समयभित्र चेक आफ्नो खातामा जम्मा गर्न सकिन्छ । एटीएम मेसिनमार्फत ग्राहकहरूले चेकमा भएको रकम बैंक खातामा जम्मा गर्न सकिन्छ । हाल बुटवल, वीरगञ्ज, विराटनगर, कलंकी, दरबारमार्ग, नयाँ बजारमा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । जुन शाखामा चेकको कारोबार बढी हुन्छ सो शाखामा चेक डिपोजिट मेसिन थप्दै जाने तयारीमा सिटिजन्स बैंक छ ।
अब सिटिजन्स बैंकका शाखा कार्यालयको काउण्टर बन्द भएको समयमा पनि चौविसै घण्टा चेक डिपोजिट गर्न सकिन्छ । यो प्रविधि चेक डिपोजिट मात्रै नभएर सुरक्षाका हिसाबले पनि अत्यन्तै मजबुत रहेको छ । बैंकका अनुसार यसमा चेक जम्मा गर्न आउने मान्छेको विवरण अनलाइनबाट डिजिटल भेरिफाई हुन्छ । चेक डिपोजिट गर्दा सबै गतिविधि डिजिटल रेकर्ड हुने भएकाले आगामी दिनमा तथ्यांक खोज्न वा रेकर्ड निकाल्न पनि सहज बनाइएको छ । चेक डिपोजिट मेसिन पूर्णरुपमा पेपरलेस भएकाले वातावरणमैत्री रहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकका अनुसार चेक डिपोजिट मेसिनमा गएर चेक जम्मा गर्न एकदेखि डेढ मिनेट लाग्छ । पहिला काउण्टरमा जम्मा गर्दा चेकमा हस्ताक्षर गरिन्थ्यो भने अब हस्ताक्षर गर्नुपर्दैन । तर, त्यसको सट्टा मोबाइल नम्बर आवश्यक पर्छ । सुरुमा चेक डिपोजिट मेसिनमा दुई वटा भाषा देखिन्छ । दुइटा भाषामध्ये आफूलाई कुन भाषा अनुकूल हुन्छ त्यो छनोट गर्नुपर्छ । त्यसपछि जसको खातामा चेक जम्मा गर्नुपर्ने हो सो व्यक्तिको खाता नम्बर उल्लेख गर्नुपर्छ । त्यसपछि नाम र आफ्नो मोबाइल नम्बर लेख्नुपर्छ ।
यति गरिसकेपछि अमाउन्ट (रकम) लेखेको ठाउँमा चेकमा उल्लिखित रकम भर्नुपर्छ । त्यसपछि बैंक खाता नम्बर राख्नुपर्छ । मिति लेखिएको ठाउँमा चेकमा उल्लेख गरिएको मिति लेख्नुपर्छ । हालसम्मका विवरण सही छन् भने नेक्स्ट (अर्काे) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि इन्टर्न योर चेक लेखिएको ठाउँमा चेकको पाना छिराउनुपर्ने हुन्छ । त्यसपछि चेक जम्मा भएको रिसिप्ट प्राप्त गर्न सकिन्छ । यति भएपछि चेक जम्मा गर्ने कार्य सकिन्छ ।
सिटिजन्स बैंकले भिडियो मार्फत पनि चेक डिपोजिट मेसिनमा चेक जम्मा गर्ने विधिबारे जानकारी दिएको छ । जसमा नागरिका नाम गरेकी महिलाले यसबारे जानकारी दिन्छिन् । यो भिडियो पुरै हेरेको वा सुनेको खण्डमा पनि सिटिजन्स बैंकको चेक डिपोजिट मेसिनमा कसरी चेक जम्मा गर्न सकिन्छ भन्ने जानकारी पाइन्छ । यो हेरेपछि चेक डिपोजिट मेसिन एक त्यस्तो मेसिन हो र जसको सहायताले ग्राहकले सजिलैसँग बैंकमा चेक जम्मा गर्न सक्छन् । विना झन्झट र विना लाइन चेक जम्मा गरेर तुरुन्तै फर्कन सकिन्छ र भिडियोमा यो मेसिनमा चेक कसरी डिपोजिट गर्ने भन्ने कुराले ग्राहकलाई थप सजिलो भएको बैंकको भनाइ छ । #एडभाेटाेरियल
चेक कसरी जम्मा गर्ने हेनुर्स भिडियो:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार