कलंकीमा बजार सार्ने भन्दै १३ सय जनाबाट ५ अर्ब ठगी गरेको आरोपमा ६ जना पक्राउ
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १५:४३:१०
११ असार, काठमाडौं । झण्डै एक हजार ३ सय जनाबाट करिब ५ अर्ब रुपैयाँ उठाएर ठगी गरेको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार कलंकी डेभलपर्स प्रालि र मिला ल्याण्ड डेभलपर्सका ६ जना सञ्चालकलाई पक्राउ गरेको हो ।
न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै उनीहरुले रकम ठगी गरेका थिए । काठमाडौँ प्रहरीले मिला ल्याण्ड डेभलपमेण्ट प्रालिका अध्यक्ष नरेन्द्र बज्राचार्य तथा निर्देशकहरू राजेशकृष्ण सिंह श्रेष्ठ, शान्ति रमण पंगेनी, निरञ्जन कुमार श्रेष्ठ, राजु महर्जन र चिरञ्जीवी पौडेललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा कलंकी ट्रेड सेन्टर (केटीसी)का करिब ४ सय जना लगानीकर्ता र नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी)का १५ जना लगानीकर्ताको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा पक्राउ गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार