इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १६:९:३५
११ असार, मुग्लिन 'चितवन' । जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले सोमबार गाउँसभाबाट पारित भएको बजेटमा बाँझो जमिन प्रयोग तथा साना सिँचाइ कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको बताए ।
बाँझो जमिनमा खेती गर्ने किसानलाई आवश्यक बीउ सिँचाइलगायत अनुदान दिइने उनले बताए । यसैबीच गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई निरन्तरता दिएको उनले बताए ।
उपाध्यक्ष सिलवालका अनुसार किसानसँगको लागत साझेदारीमा बाख्रापालन प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि रु २७ लाख, सुन्तलाखेतीका लागि रु २६ लाख, मौरीपालन कार्यक्रमका लागि रु सात लाख, मकैखेती कार्यक्रमका लागि रु सात लाख, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण साथै मिनी ल्याब एवं औषधोपचार कार्यक्रमका लागि रु नौ लाख ५० हजार, पशुपालक किसानलाई पशुधनको उपचारमा प्रयोग हुने विभिन्न औषधि निःशुल्क उपलब्ध गराइने छ ।
साथै उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ट रु ६ लाख तथा सो को तथ्याङ्क अभिलेखीकरणका लागि रु एक लाख, सामूहिक खेती एवं नव प्रवर्द्धन व्यवसाय प्रोत्साहनका लागि रु पाँच लाख, पर्यटकीयस्थल जलवीरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्नका लागि रु २५ लाख, फिस्लिङ तरकारी उपज सङ्कलन केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधि अनुरुप सञ्चालनमा ल्याउनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार