युरोपियन युनियनद्वारा युक्रेनी शरणार्थीलाई सन् २०२६ सम्म आवास अधिकार विस्तार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १६:२९:४७
११ असार, काठमाडौं । युरोपियन युनियनले रुस युक्रेन युद्धले ग्रसित युक्रेनी शरणार्थीहरूलाई सन् २०२६ मार्च सम्म उनीहरू बसिरहेको ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ ।
हाल करिब ४।२ मिलियन युक्रेनीहरू युरोपियन युनियनमा शरणार्थीका रूपमा दर्ता भएका छन् । जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रले ठूलो सङ्ख्यामा शरणार्थीहरुलाई संरक्षण गर्दै आएका छन् ।
रुसले दिनहु जसो बमबारी युद्धद्वारा युक्रेनी जनतालाई आतङ्कित तुल्याइरहेकाले अहिले अवस्था सुरक्षित परिस्थिति नभएको बताउँदै बेल्जियमको शरण र आप्रवासनका लागि राज्य सचिव निकोल डे मूरले विज्ञप्तिमा जारी गरेका छन्।
रुसको आक्रामणबाट भागेका मानिसहरूले आफ्नो एकतामा भर पर्न सक्ने बताउदै डि मुरले जुन महिनाको अन्त्यसम्म युरोपेली संघको अध्यक्षता गर्ने जनाए ।
फेब्रअरी २०२२ मा मस्कोले पूर्ण आक्रमण सुरु गरेको केही हप्तापछि युरोपेली सङ्घले पहिलो पटक युक्रेनीहरूलाई बस्ने अधिकार प्रदान गरेको थियो । प्रासम्भिक सम्झौता अनुसार यसको समय सन् २०२४ मार्च –४ मा समाप्त हुने तय गरिएको थियो ।
अस्थायी सुरक्षाबाट लाभान्वितहरूले निवास अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँच सहित युरोपेली युनियन भर समान अधिकार प्राप्त गर्छन ।
पछिल्लो विस्तारको विरुद्धमा युक्रेनी सेनाले अग्र पक्तिका आक्रमणकारीहरु समात्न सङ्घर्ष गर्दा रूसी हवाई आक्रमणले देशको ऊर्जा ग्रिडलाई ध्वस्त पारेको छ । जसले किभलाई युरोपियन युनियनबाट निरन्तर उर्जा आयात आपूर्ति गर्न बाध्य पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
राहदानी छपाइको नयाँ टेण्डर प्रक्रियामा चलखेल, विभागका कागजपत्र अख्तियारको नियन्त्रणमा
मंसिर ३०, २०८१ आइतबार
गोरुगाडामा दाउरा ल्याइँदै
मंसिर ३०, २०८१ आइतबार
घतानबाट देखिएको धौलागिरि हिमालको दृश्य
मंसिर ३०, २०८१ आइतबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार