सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १७:२२:७
११ असार, काठमाडौं । सर्वाेच्च अदालतले कोशी प्रदेश सरकार विरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका बेला संविधानअनुसार पदमुक्त नै नगरी अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश त्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गरिदिएको हो । रिट खारेजीसँगै संकल्प प्रस्तावबाट बनेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीको सरकारले वैधानिकता पाएको छ ।
सर्वोच्चले सोमबार नै सुनुवाइ सक्ने भने पनि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो । पहिलो दिन कार्कीका तर्फबाट बहस भएको थियो भने दोस्रो पेशीको दिन (असार १० गते) मुख्यमन्त्री हिक्मत बहादुर कार्कीका तर्फबाट बहस भएको थियो । सोमबार सरकारी वकिलहरूले पनि मुख्यमन्त्रीको बचाउमा बहस गरेका थिए ।
कार्कीलाई हटाएर प्रदेश प्रमुखले हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि कार्की अदालत पुगेका थिए । कार्कीले आफ्नो रिटमा विभिन्न तर्क पेश गरेका छन् जसलाई टेकेर आफ्नो पुनःस्थापना हुनुपर्ने भनिएको थियो । कार्कीले २०८० भदौ २१ गतेको न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलालाई पनि आधार लिएका थिए । उनले उक्त फैसलाको बुँदा नम्बर २६ मा सरकार गठनका लागि पटक पटक एउटै धारा प्रयोग गर्न नमिल्ने भनिएकाले आफूलाई हटाएर पुनः उपधारा ५ कै सरकारको रूपमा शपथ गराउनु असंवैधानिक र उक्त आदेश विपरीत हुने तर्क गरेका थिए ।
कोसीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वैशाखमा स्वतः पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार