सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १२:१९:५०
१२ असार, काठमाडौं । सशस्त्र प्रहरी बलको सरुवामा पनि रास्वपा र गृहमन्त्री रवि लामिछानेको चर्को हस्तक्षेप देखिएको छ । विधि, पद्धतिलाई लात मारेर जथाभावी सरुवा गरिएपछि अधिकृतहरूको मनोबल खस्किन थालेको छ ।
सशस्त्र प्रहरी बलले सोमबार एकैपटक १८ जना एसपी र २३७ जना डीएसपीको सरुवा गर्यो । मध्यरात सरुवा निकालेर बिहानै मुख्यालयले पारदर्शी, निष्पक्ष र विभिन्न मापदण्ड बनाएर सरुवा गरेको भन्दै संचार माध्यममा विज्ञप्ति नै पठाएर दाबी गर्यो । जसमा २ बर्ष अवधि पुगेका मात्र सरुवा भएकाे भन्ने पनि दाबी गरेको थियो । तर सरुवा हेर्दा त्यसको पुरै विपरीत र आफ्नालाई राम्रो ठाउँ र कतिपय अधिकृतलाई सुनियोजित ढंगले पेलिएको पाइएकाे छ ।
कतिपय अधिकृतको मुख्यालय दरबन्दी परेको बर्षौं हुँदा , एकै ठाउँमा बसेको १०-१२ बर्ष हुँदा पनि मानव श्रोत विभाग प्रमुख एआईजी सीपी गौतम निरीह भएका छन् । सोझा कर्मचारीमाथि सधैं पेल्ने र कारबाहीको धम्किदिने एआइजी गौतम पावरवालाको अगाडि निरीह बनेका हुन् ।
२ बर्ष पुगेपछि मात्र अधिकृतको सरुवा गर्ने नीति भए पनि एक बर्ष नपुग्दै केही अधिकृतलाई दुःख दिने नियतले सरुवा गरिएको छ । गत बर्ष भदौमा भक्तपुर सरुवा भएका डीएसपीहरु मध्ये १ बर्ष पनि नपुग्दै वासुदेव महतलाई भक्तपुरबाट सुनसरी ,यदुकुमार कार्की धनुषाबाट महोत्तरी, हरि गुरुङ बाँकेबाट काठमाडौं , दीपक बहादुर बिष्ट कैलालीबाट हेडक्वार्टर , पंकज पौडेल कार्य विभागबाट बाँके, मोहन निरौला १९ गणबाट दाङ, मोहन बिष्ट सप्तरीबाट बारा, मित्रलाल श्रेष्ठ चितवनबाट सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
यस्तै १० महिनामा नै सरुवा भएका डीएसपीहरूमा पंकज चन्द सप्तरीबाट मानव श्रोत विभाग , फुर्गेली शेर्पा सिन्धुपाल्चोकबाट सुर्खेत, संगम श्रेष्ठ पर्साबाट इन्टेलिजेन्स ब्यूरो, योगराज दाहाल बाराबाट इलाम, सुमन पोखरेल उदयपुरबाट झापा, सुशील श्रेष्ठ सुर्खेतबाट महोत्तरी, बिष्णुदत्त अवस्थी बर्दियाबाट मकवानपुर , श्याम शर्मा पौडेल पर्वतबाट सीमा सुरक्षा विभाग, द्रोणप्रसाद ढकाल जुम्लाबाट झापा , प्रमोद खड्का जुम्लाबाट पश्चिम नवलपरासी, विकास थापा सुर्खेतबाट दार्चुला , शेखर दवाडी सिन्धुपाल्चोकबाट कास्की रहेका छन् ।
डीएसपी विकास थापाको त कतिसम्म भने गत बर्ष मात्र उनको दरबन्दी ४४ नं. गण दार्चुलाबाट ३२ नं. गण सुर्खेत भएको थियो । तर १० महिनामै उनलाई फेरी दार्चुला नै पठाइएको छ । यो के खालको सरुवा हो बुझ्न सकिएन, मुख्यालय स्रोतले भन्यो । १० महिना नपुग्दै सरुवा भएका अन्य डीएसपीहरूमा प्रभात कुमार गौतम इलामबाट उदयपुर, जंगबहादुर कुँवर बर्दियाबाट दार्चुला , केशवराज अवस्थी कंचनपुरबाट मनाङ, मात्रिका पौडेल सुनसरीबाट पर्वत , भरत बहादुर कुँवर मनाङबाट कपिलवस्तु , महेशराज बिष्ट मकवानपुरबाट झापा , उज्ज्वल लामिछाने महोत्तरीबाट सप्तरी रहेको छ ।
सरुवामा कतिसम्म बदमासी गरिएको छ भने कतिपय अधिकृत १०-१२ बर्ष देखि एउटै जिल्ला, क्षेत्र र युनिटमा छन् । डीएसपी छविलाल रावतलाई तालिम शिक्षालय बाँकेबाट ४२ नं. रिजर्व गण बाँके हालिएको छ । उनलाई बिगत ५ बर्षदेखि त्यही जिल्ला राखिएको छ । प्रमोद रायलाई महोत्तरी गणबाट सोही जिल्लाको बाहिनी, नरेश कुमार खड्कालाई ४२ नं. गण बाँकेबाट ३० गण बाँके, मनोज चन्दलाई पर्साबाट धनुषा, राजन शाहलाई बाँकेको गणबाट बाँकेकै तालिमकेन्द्र हालिएको छ । यस्तै ओमराज बानियाँ मोरङबाट सुनसरी, नरेन्द्र धामी महोत्तरीबाट पर्सा हालिएको छ । अझ रोचक त के छ भने गत बर्ष डीएसपी भएर पदस्थापन गरिएको एक बर्ष नपुग्दै रिषिकेश राउत, गणेशदत्त पाण्डे, तेजराज शर्मा, प्रमिला श्रेष्ठ, विकास खतिवडा, किशन केसी, दयाराम पौडेल , विष्णु उप्रेती , विश्वनाथ जिसी लगायत दर्जनौं अधिकृतको सरुवा गरिएको छ ।
सधैं हेडक्वार्टर बसेका रिषिकेश उनलाई पुनः भनसुनमा सीमा सुरक्षा विभाग ल्याइएको छ । गत बर्ष मात्र कार्य विभाग दरबन्दी परेर तुरुन्तै भक्तपुर गण काज पठाइएका गणेश दत्त पाण्डेको दरबन्दी अहिले भक्तपुर नै हालिएको छ । इन्स्पेक्टर हुँदा करिब १० बर्ष पशुपतिनाथ बाहिनी बसेकी प्रमिला श्रेष्ठलाई गत बर्ष बढुवामा मानव श्रोत ल्याइयो तर उनी काजमा बाहिनी नै गइन । अहिले फेरि त्यही बाहिनी दरबन्दी हालिएको छ ।
कति अधिकृत जागिर अवधिभर उपत्यका आउनै पाउँदैनन् भने प्रमिला श्रेष्ठहरूको जागिर उपत्यका बसेरै बित्छ, ‘यस्तो पक्षपात गर्ने अनि भन्ने बेलामा समान भन्ने , सरुवा देख्दा पनि लाज लाग्छ ’, मुख्यालयका एक अधिकृतले भने ‘आफ्नालाई छानी छानी हेडक्वार्टर र भ्यालीका युनिटमा सधैं मस्ती, कोही नहुनेहरु मात्र पेलिनुपर्ने अबस्था रहेको छ ।’ गृहमन्त्री रवि लामिछाने, एआइजी सीपी गौतम र कर्मचारी प्रशासनका डीएसपी नन्द बहादुर साउदको मनोमानीले यो अवस्था आएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार