अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ

नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार २१:३:२२

सञ्जय मिश्रा
११ असार, रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदी बाट अबैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अबैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र चालकहरु लाई नियन्त्रणमा लिएको हो। ना ७ त ३३८० ,ना७ त ५६६३ ना ७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरु गुजरा नगरपालिका ४ पोखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेश कुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादव लाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन।
बरामद गरिएको तीनवटै ट्याक्टर ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाईएको उनले जानकारी दिएका छन।
उता रौतहट प्रहरी प्रमुख एस्पी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनैजना चालक माथि केही अभद्र ब्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षामा हल्ला गरेको भन्दै शिक्षिकाले ३ जना विद्यार्थीलाई तातो पन्युले डामिन्
माघ ३०, २०८१ बुधबार
डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ
माघ ३०, २०८१ बुधबार
रुकुममा २ जनाको हत्या, मुख्य आरोपीको पनि शव फेला
माघ २९, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट
माघ ३०, २०८१ बुधबार
कक्षामा हल्ला गरेको भन्दै शिक्षिकाले ३ जना विद्यार्थीलाई तातो पन्युले डामिन्
माघ ३०, २०८१ बुधबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार