६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार २१:८:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/gold-2_UfT4ITpbve_JEwCRooqQO.jpg)
११ असार, काठमाडौं । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।
गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने छ ।”
दोस्रो चरणको अनुसन्धानका सीआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए ।
उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा सङ्लग्नहरुमाथि अध्ययनको काम भइरहेको छ भने फरार रहेका १५ जनाको खोजी कार्य जारी छ । उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । यसअघि सीआइबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध रु तीन अर्ब ३० करोड ३० लाख बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलपोखरी ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
फागुन ४, २०८१ आइतबार
पाल्पाको रम्भा गाउँपालिकाका १४ घरमा सामुदायिक घरवास सञ्चालन
फागुन ४, २०८१ आइतबार
हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै, उत्पादन ठप्प
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार