जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार २२:१६:५
११ असार, बागमती । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका चार वर्षीय छोरा दिपेश लामा, सोही स्थानकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बल बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
असार ३ गते जङ्गली च्याउ खाएर बिरामी परेका बालक लामा र रुम्बाको चितवनस्थित सिएमसी अस्पतालमा उपचार भइरहेकामा आर्थिक अभावका कारण परिवारले आफू खुसी घर लगेको र उनीहरुको असार ८ गते घरमै मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।
यस्तै जङ्गली च्याउ खाएर बिरामी परेका प्रजाको पनि भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेका मध्ये आठ जना उपचारपछि घर फर्किएको र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा बर्खा लागेसँगै जङ्गलमा च्याउ निस्कने गर्दछन् । सोही विषालु च्याउ नचिन्नाले मानिसको मृत्युसमेत हुने गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार