केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार ८:४७:१
१२ असार, काठमाडौं । पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन शुरु भएपछि यसले उग्र रुप लिएको छ । राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ । प्रदर्शनकारी संसद भवनमा पुगेर आगो लगाएपछि सांसदहरूलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
केन्याका अन्य धेरै शहरहरूमा पनि विरोध र झडपहरू भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न माग गरिरहेका छन् । राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै रुटोले कर बहसलाई 'खतरनाक व्यक्तिहरूले अपहरण गरेको' बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
राहदानी छपाइको नयाँ टेण्डर प्रक्रियामा चलखेल, विभागका कागजपत्र अख्तियारको नियन्त्रणमा
मंसिर ३०, २०८१ आइतबार
गोरुगाडामा दाउरा ल्याइँदै
मंसिर ३०, २०८१ आइतबार
घतानबाट देखिएको धौलागिरि हिमालको दृश्य
मंसिर ३०, २०८१ आइतबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार