स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १०:८:३५
१२ असार, काठमाडौं । सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरुले विवादित अभिव्यक्ति दिने गर्दछन् । यसैबीच कान्तिपुर टिभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ । सो कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण विवाद बढेको हो ।
सो कार्यक्रममा जसिता गुरुङको व्यक्तिगत जीवनको प्रसंग उल्लेख गरेपछि विवाद बढेको छ । कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ? भन्ने प्रश्नको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङको नाम लिएकी थिइन् । साम्राज्ञीले भने उनको तीन नायक प्रदीप खड्का, धीरज मगर र अनमोल केसीसँग प्रेम रहेको दाबि गरेकी छन् ।
अर्को प्रश्नमा अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ? भन्ने प्रश्नमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताएकी छन् भने स्वस्तिमाले अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् । यो शो प्रशारण भएपछि अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी विवादमा परेका छन् र उनीहरुको आलोचना भइरहेको छ ।
जसितमाले इन्स्टाग्राममा लेख्दै एक महिलाले अर्को महिलालाई नीच देखाएको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरुप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’
उनले स्वस्तिमा र साम्राज्ञीलाई प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरु म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’
जसिताको स्टाटसमा जवाफ दिँदै स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’ त्यस्तै, साम्राज्ञीले पनि भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु भनेकी छन् ।
यसैबीच अभिनेता अनमोल केसीले पनि सामाजिक सञ्जालमा यस बारे टिप्पणी गर्दै आफूलाई अनादर गर्नेलाई अझ आदर गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- 'यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस्। यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन । सबैलाई सम्मान गर्नुहोस्'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार