ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १०:१६:२९
१२ असार, ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
पहिरोमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् । प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार