सुनको अवैध कारोवारका लागि विज्ञापन गरेको भन्दै रिद्धिसिद्धि ज्वेलर्सविरुद्ध खनिए व्यवसायी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १३:८:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/sun_1_sfxQQF3C7t_IK40Nb3jVU.jpg)
१२ असार, काठमाडौं । सुनचाँदी व्यवसायीहरूले अवैध कारोबारका लागि र विज्ञापन गरेको भन्दै रिद्धिसिद्धी ज्वेलर्स घेराउ गरेका छन् । सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१ को नारामा लगाउँदै उनीहरुले रिद्धिसिद्धी ज्वेलर्सले ज्याला र जर्तीमा दिएको छुट शङ्कास्पद भएको बताएका छन् ।
रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, राष्ट्रिय सुनचाँदी कालिगड संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे र नेपाल रत्न तथा आभूषण संघ रिद्धिसिद्धि ज्वेलर्सविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
रिद्धिसिद्धि ज्वेलर्स प्रा.लि.का नामबाट सञ्चालित न्युरोडको विशालबजारस्थित पसल नम्बर १ र १० ले ग्राहकलाई ज्याला र जर्तीमा भारी छुट दिने भन्दै विज्ञापन निकालेको थियो । यसले समग्र सुन व्यवसायमा नै संकट उत्पन्न हुने र यो कम्पनीले अवैध रूपमा भित्र्याएको सुन स्टक सक्ने प्रयास गरेको उनीहरूको आरोप छ ।
बैंकबाट खरिद गरिएको सुनभन्दा सयौं गुणा बढीको कारोबारका कारण रिद्धिसिद्धि ज्वेलर्स शंकाको घेरामा रहेको भन्दै छानबिन गर्न समेत सम्बन्धित निकायलाई उनीहरूले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार