अन्तःशुल्क स्टीकरण छपाई प्रकरणमा अख्तियारको अनुसन्धान, कति सम्बन्धित छन विवरण ?
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १४:२१:६
१२ असार, काठमाडौं । अन्तःशुल्क स्टिकरको सम्बन्धमा अख्तियारले अदालतमा मुद्दा दायर गरिसकेपछि यसको अनुसन्धान कसरी भएको थियो भन्ने विषयमा चर्चा सुरु भएको छ । यसको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायहरुसँग सोधपुछ र सम्बन्धित स्टेटमेन्टहरु लिएको थियो । यसमा कसले कसरी विवरण दिएका थिए भन्ने कुरा तलका विवरणबाट पत्ता लगाउन सकिन्छ ।
आन्तरिक राजश्व विभागको च.नं. ५३७, मिति २०८१/०१/३० को पत्र मार्फत प्राप्त राय प्रतिक्रिया अनुसार हाल प्रचलनमा रहेको मद्रास सेक्युरिटी प्रिन्टर्स प्रा.लि.बाट आपूर्ति भइरहेको अन्तःशुल्क टिकटमा सेक्युरिटी फ्युचरका रूपमा Visible and invisible -QR code, Taggant ink, Hologram, Logo of Nepal Government_ Visible and invisible -QR code, Taggant ink, Hologram, Logo of Nepal Government_ लगायत १६ भन्दा बढी सुरक्षण विशेषताहरू रहेका छन् । हाल प्रयोगमा रहेको स्टिकरमा रहेका Security Features विगतको तुलनामा पर्याप्त नै रहेको ।
सर्वोच्च अदालतको अन्तरिम आदेश:
सम्मानित सर्वोच्च अदालतमा दायर भएको रिट नं. ०७८–W|O–०३०६ उपर आन्तरिक राजश्व विभागको August 31,2021 sf] Ref no.125, सम्झौता गर्ने सम्बन्धी आशयपत्र Letter of intend to award the contract बमोजिम मद्रास सेक्युरिटि प्रिन्टिङसंग ठेक्का सम्झौता सम्बन्धी कार्यको प्रक्रिया अगाडी नबढाउनु, यथास्थितिमा राख्नु भनी सम्मानित सर्वोच्च अदालतले मिति @)&(÷)%÷@& गते आदेश दिएकोमा सो सम्बन्धमा पुनः सम्मानित सर्वोच्च अदालतबाट मिति २०७९/०५/२७ गते रिट खारेज फैसला भएकोमा सोही बमोजिमको व्यहोरा उल्लेख गरी सम्मानित सर्वोच्च अदालतको च.नं.८९५८, मिति २०७९/०५/२८ को पत्रानुसार आन्तरिक राजश्व विभाग, लाजिम्पाट काठमाडौं पत्राचार गरेको ।
आन्तरिक राजश्व विभागको चलानी पुस्तिकाको व्यहोराः
सम्मानित सर्वोच्च अदालतले मिति २०७९/०५/२७ गते अन्तःशुल्क स्टिकर खरिद सम्बन्धमा परेको रिट खारेज फैसला भइ सोही बमोजिमको व्यहोरा उल्लेख गरी आन्तरिक राजश्व विभाग लाई मिति २०७९/०५/२८ गते पत्राचार गरेको देखिन्छ र आन्तरिक राजश्व विभागले मिति २०७९/०५/२७ को पत्रले सुरक्षण मुद्रण केन्द्रलाई प्रारम्भिक कार्यादेश दिएको पत्रबाट देखिन्छ । फैसला भएकै दिन प्रारम्भिक कार्यादेश दिनु संयोग मात्रै हो कि मिलोमतो भन्ने सम्बन्धमा चलानी पुस्तिका हेर्दा मिति २०७९/०५/२८ गते ३ वटा चलानी गरेपश्चात प्रारम्भिक कार्यादेश दिएको मिति २०७९/०५/२७ को पत्र चलानी भएको देखिनुले पनि उक्त पत्र २७ को दिन नभई २८ गते बनाई जारी पत्रमा एक दिन अगाडीको मिति राखिएको प्रष्ट हुन्छ ।
बागमति अफसेट प्रेस प्रा.लि.को पत्रको व्यहोराः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चलानी नं. ४५९२६, मिति २०८०।११।१५ गते प्राप्त पत्र अनुसार सुरक्षण मुद्रण केन्द्रमा बागमती अफसेट प्रेस प्रा. लि.ले अन्तःशुल्क स्टिकरको दरभाउ पेस नगरेको, सूचिकृतको लागि पनि निवेदन पेस नगरेको व्यहोरा उल्लेख गरी पत्राचार गरेको देखिन्छ । तर त्यस कार्यालयबाट प्राप्त दरभाउ पेस गरिएको निबेदनमा उक्त प्रेसको लेटर हेड र छाप समेत प्रयोग भई पेस भएको देखिएको सम्बन्धमा लेटर हेड र छाप उक्त प्रेसको जस्तै देखिए तापनि सुरक्षण मुद्रण केन्द्रसँग बागमती अफसेट प्रेसले कुनै पत्राचार नगरेको र उक्त दरभाउ पत्रमा भएको हस्ताक्षर आफ्नो एकाघर परिवारका सदस्यको र कम्पनीमा कार्यरत कुनै पनि सदस्यहरु तथा सञ्चालकको नभएको निवेदन गर्दछु । यसमा फरक परेमा सहुँला बुझाउँला भन्ने समेत व्यहोराको बागमति अफसेट प्रेस प्रा.लि.को मिति २०८०/११/१७ को पत्र ।
लुमिला प्रिन्टिङ प्रेसको पत्रको व्यहोराः
आ.ब. २०७९/०८० मा यस लुमिला प्रिन्टिङ प्रेस ललितपुरले सुरक्षण मुद्रण केन्द्रमा सुचि दर्ताको लागि निवेदन पेस गरेको थिएन । सुरक्षण मुद्रण केन्द्रले अन्तः शुल्क स्टिकरको सम्बन्धमा उक्त लुमिला प्रिन्टिङ प्रेससंग दरभाउ माग गरिएको थिएन । लुमिला प्रिन्टिङ प्रेस ललितपुरले अन्तः शुल्क स्टिकरको सम्बन्धमा सुरक्षण मुद्रण केन्द्रमा दरभाउ पेस गरिएको थिएन । उक्त पत्रमा भएको छाप र लेटरप्याड आफ्नो कम्पनीको छाप र लेटरप्याडसंग मिल्ने देखिन्छ । उक्त पत्रमा भएको हस्ताक्षर मेरो, मेरो एकाघर परिवार सदस्य, एवं कम्पनीमा कामदार कर्मचारीको रुपमा राखेको व्यक्तिको होइन साथै उक्त हस्ताक्षर कुन व्यक्तिको हो भन्ने यकिन गर्न सकिएन । उल्लिखित बिवरण पूर्ण रुपमा सत्य भएको घोषणा गर्दछु । यस विषयको अनुसन्धानमा थप सहयोग चाहिएमा जानकारीले भ्याएसम्मको सम्पुर्ण बिबरण उपलब्ध गराउने व्यहोरा पनि निवेदन गर्न चाहन्छु भन्ने समेत व्यहोराको लुमिला प्रिन्टिङ प्रेसको मिति २०८०÷११÷१६ को पत्र ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको युजर डिटेल विवरणः
Classy Printing Press ले सुरक्षण मुद्रण केन्द्रमा सुची दर्ता गराउदा र दररेट पेस गर्दा उल्लेख भएको ९८५१२१३८९८ मोवाइल नम्वर Classy Printing Press का कार्यकारी निर्देशक पर्शुराम दाहालको नाममा नै रजिष्टर रहेको देखियो, लुमिला प्रिन्टिङ प्रेसले सुरक्षण मुद्रण केन्द्रमा सुची दर्ता गराउदा र दररेट पेस गर्दा उल्लेख भएको ९८५११५६३६१ मोवाइल नम्वर उमेश दाहालको नाममा रजिष्टर रहेको देखिन्छ, उमेश दाहाल Classy Printing Press का कार्यकारी निर्देशक पर्शुराम दाहालको आफ्नै भाइ नाता पर्दछ र बागमति अफसेट प्रेस प्रा.लि.ले सुरक्षण मुद्रण केन्द्रमा सुची दर्ता गराउदा र दररेट पेस गर्दा उल्लेख भएको ९८५१३३५०८८ मोवाइल नम्वर Classy Printing Press को नाममा रजिष्टर रहेको भन्ने समेतको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईन्टेलिजेन्स युनिटको च.नं. ४६९३३, मिति 20८०।११।१७ को पत्र साथ पठाइएको User Detail को व्यहोरा तथा सुरक्षण मुद्रण केन्द्रले लुमिला प्रिन्टिङ प्रेस ललितपुर लाई दरभाउ पेस गर्ने सम्बन्धमा लेखेको पत्रमा बुझिलिएको भरपाईमा उल्लिखित भएको ९८६५९९३२३४ मोबाईल नम्वर Classy Printing Press Pvt. Ltd. काठमाण्डौका संस्थापक/शेयरधनी प्रति खड्काको नाममा रजिष्टर रहेको देखिन्छ भन्ने समेतको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईन्टेलिजेन्स युनिटको च.नं. ५१२७३, मिति 20८०।१२।०८ को पत्र।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनः सुरक्षण मुद्रण केन्द्रले लुमिला प्रिन्टिङ प्रेस ललितपुर लाई दरभाउ पेस गर्ने सम्बन्धमा लेखेको पत्र Classy Printing Press Pvt. Ltd. काठमाडौंका संस्थापक/शेयरधनी प्रति खड्काले बुझिलिएको भनि गरेको भरपाईको सम्बन्धमा निजको हस्ताक्षर, नाम र नम्वरको नमुना लिई लुमिला प्रिन्टिङ प्रेस ललितपुरको पत्रमा भएको भरपाईमा उल्लिखित हस्ताक्षर, नाम र नम्वर संग मिलाउदा निज प्रति खड्काको हो भन्ने म्याच भएको तथा सुरक्षण मुद्रण केन्द्रले बागमती अफसेट प्रेस प्रा.लि. काठमाण्डौं लाई दरभाउ पेस गर्ने सम्बन्धमा लेखेको पत्र आलोक जोशीले बुझिलिएको भनि गरेको भरपाईको सम्बन्धमा निजको हस्ताक्षर, नाम र नम्वरको नमुना लिई उक्त पत्रमा भएको भरपाईमा उल्लिखित हस्ताक्षर, नाम र नम्वर संग मिलाउदा निज आलोक जोशीको हो भन्ने म्याच भएको भन्ने समेत व्यहोराको नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको च.नं.४३९९, मिति २०८०/१२/२० को परीक्षण प्रतिवेदन पठाइएको पत्र ।
१.२.२५. भुक्तानी सम्बन्धी टिप्पणी र आदेश: सुरक्षण मुद्रण केन्द्रको मिति २०७९/०९/२८ को निर्णयानुसार ठे.नं. SPC/G/NCB-02/079-80 Security Printing Supply and Delivery of Excise Stamps खरिद कार्यको लागि श्री Print Cell Pvt. Ltd. Lalitpur-1, Lalitpur सँग रु. ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ ( मु.अ.कर सहित ) रकममा सम्झौता भएको थियो । हाल उक्त प्रा.लि. बाट Advance Payment भुक्तानी पाउँ भनि दिएको निवेदन र निवेदन साथ HIMALAYAN BANK Ltd, New Road Branch बाट जारी भएको रु ७ करोड ७३ लाख ४३ हजार ५ सय २८ रुपैयाँको 31 January, 2024 सम्म म्याद भएको Advance Payment Guarantee समेत प्राप्त भएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५२क (२) वमोजिम स्वीकृत २० प्रतिशत पेश्की रकमको आधा सम्झौता रकम ३४ करोड २२ लाख २८ हजार रुपैया (मू.अ.कर बाहेक) को १०% वरावर हुने रकम रु. ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ Advance Payment भुक्तानी गर्ने सम्बन्धमा आवश्यक निर्णयको लागि सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे र लेखा अधिकृत विष्णु प्रसाद गौतमले मिति २०७९/१०/१६ गते पेस गरेको टिप्पणी तथा आदेश तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलले सदर गरेको ।
१.२.२५.२ सुरक्षण मुद्रण केन्द्रले पेश्की भुक्तानीको लागि उठाइएको दोस्रो टिप्पणी:
यस केन्द्रको मिति २०७९।०९।२८ को निर्णयानुसार ठे.नं. SPC/G/NCB-02/079-80 Security Printing Supply and Delivery of Excise Stamps खरिद कार्यको लागि श्री Print Cell Pvt. Ltd. Lalitpur-1.Lalitpur सँग रु. ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ (मु.अ.कर सहित) रकममा सम्झौता भएको थियो। हाल उक्त प्रा.लि. बाट Advance Payment को बाँकी १० प्रतिशत रकम भुक्तानी पाउँ भनि दिएको निवेदन यसैसाथ संलग्न छ । HIMALAYAN BANK Ltd, New Road Branch बाट जारी भएको र 7 करोड ७३ लाख ४३ हजार ५ सय २८ रुपैयाँको 31 January, 2024 संस्म म्याद भएक Advance Payment Guarantee यस अघि नै पेस गरीसकेको छ।सार्वजनिक खरिद ऐन २०६३ को दफा ५२ (२) वमोजिम स्वीकृत २० प्रतिशत पेश्की रकमको आधा सम्झौता रकम ३४ करोड २२ लाख २८ हजार रुपैया (मू.अ.कर बाहेक) को १०% बराबर हुने रकम पहिलो किस्ता बापत रु. ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ मिति २०७९।१०।१६ को निर्णयानुसार भुक्तानी भैसकेको अवस्था छ । हाल उक्त प्रा.लि. बाट प्रतितपत्र खोलेको कागजात,Fujito PTE LTD को PROFORMA INVOICE र हालसम्म भएको प्रगती पेस गरेको र बाँकी १०% अग्रीम पेश्कि दिन प्राप्त भएको हुँदा स्वीकृत २० प्रतिशत पेश्की रकमको बाँकी दोस्रो किस्ता (सम्झौता रकम ३४ करोड २२ लाख २८ हजार रुपैया (मु.अ.कर बाहेक) १०% रकम रु. ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ भुक्तानी गर्ने सम्बन्धमा आवश्यक निर्णयको लागि सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे र लेखा अधिकृत सरोज सुवेदीले मिति २०७९/१२/०८ गते पेस गरेको टिप्पणी तथा आदेश तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलले सदर गरेको।
१.२.२६. स्पेशिफिकेशन र लागत अनुमान तयार गर्न जिम्मेवारी दिने सम्बन्धी टिप्पणी आदेश:
शाखा अधिकृत हरिबल्लभ घिमिरे र लेखा अधिकृत बिष्णु प्रसाद गौतमले मिति २०७९।०४।१० गते List of Goods Specification, Drawing, तयार गर्न List of Goods Specification, Drawing स्वीकृत पश्चात लागत अनुमान तयार गर्नको लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रवाट प्रतिनिधि खटिई आउनु भएका निर्देशक श्री सफल श्रेष्ठलाई जिम्मेवारी दिने निर्णयको लागि टिप्पणी पेस गरेको र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलले सोही मितिमा स्वीकृत गरेको ।
सुरक्षण मुद्रण केन्द्र सँग माथि उल्लेख भए बमोजिमको सहकार्य भएको अभिलेखबाट देखिएन।
हाल प्रयोगमा रहेको स्टिकर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स प्रा.लि.सँग विभिन्न ४२ Category का ९ अर्व ७७ लाख थान अन्तःशुल्क टिकट कुल युएस. डलर १०८८२६७०।०० (एक करोड आठ लाख बयासी हजार छसय सत्तरी) मा खरिद गर्ने गरी मिति २०७९ असोज २४ (अक्टोबर १०,२०२२)सम्झौता भएको देखिन्छ ।
अन्तःशुल्क नियमावलीको नियम ३० को उपनियम (३) मा मदिरा तथा सुर्तीजन्य बस्तुमा टाँस हुने अन्तः शुल्क टिकट विभागले तोकेको दस्तुर तिरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयवाट खरिद गर्नुपर्ने भन्ने कानुनी व्यवस्था रहेको छ । प्रस्तुत कानुनी व्यवस्थाका आधारमा विभागवाट सुर्ती तथा मदिराजन्य प्रतिष्ठान/उद्योगका लागि अन्तःशुल्क टिकटको विक्री मूल्य प्रत्ति टिकट रु. ०.२५ (पच्चीस पैसा निर्धारण भएको देखिन्छ।
विभागले पछिल्लो तीन आर्थिक बर्ष (आ.व. २०७७।०७८, २०७८।०७९,०७९।०८०) मा इन्डोनेशियाको पेरुम पेरुरी र जनक शिक्षा सामाग्री केन्द्र लि. बाट छपाई भई आपूर्ति भएको अन्तःशुल्क टिकटको प्रयोग गरेको देखिन्छ । अन्तःशुल्क टिकटको विक्री वापतको राजस्व संकलन छुट्टै राजस्व शीर्षकमा हुने नभई मदिरा एवं सूर्तीजन्य वस्तुबाट संकलित हुने अन्तःशुल्कको राजस्व शीर्षकमा नै जम्मा हुने भएकोले अन्तःशुल्क टिकटको विक्रीबाट प्राप्त राजस्व छुट्टै प्रणालीबाट गणना नहुने व्यहोरा अनुरोध छ ।
अन्त:शुल्क नियमावली,२०५९ को नियम ३० को उपनियम (५) मा प्रतिष्ठानलाई उपलब्ध गराईएका स्टिकर प्रयोग गर्ने क्रममा बिग्रिएमा बिग्रिएका स्टिकर प्रतिस्थापन गर्न सक्ने व्यवस्था भएकोले बास्तबिक खपतको आधारमा अन्त:शुल्क टिकटको विक्रिबाट प्राप्त राजश्व फरक पर्न सक्ने ।
भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग १० अक्टोवर, २०२२ मा अन्तःशुल्क टिकट आपूर्तिको सम्झौता गरिएकोमा २०८० असोज महिना पश्चात आपूर्तिको कार्य प्रारम्भ भएको व्यहोरा अनुरोध छ ।
हाल प्रचलनमा रहेको मद्रास सेक्युरिटी प्रिन्टर्स प्रा.लि.बाट आपूर्ति भइरहेको अन्तःशुल्क टिकटमा Security Features का रूपमा Visible and invisible (QR code, Taggant ink, Hologram, Logo of Nepal Government) १६ भन्दा बढी सुरक्षण विशेषताहरू रहेका छन् । हाल प्रयोगमा रहेको स्टिकरमा रहेका Security Features विगतको तुलनामा पर्याप्त नै रहेको देखिन्छ । सुरक्षण विशेषताहरू समेटिएको विवरण थान १ यसैसाथ संलग्न छ ।
चुरोट, सुर्तीजन्य बस्तु र मदिरामा विभिन्न ४० Category भन्दा बढी प्रकारका स्टिकर आवश्यक पर्ने भएकोमा अन्तशुल्क टिकटको आपूर्ति को लागि विभागले मिति २०७७।०६।२८ मा अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेकोमा प्रस्तुत विषयमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परी खरिद प्रक्रिया अवरुद्ध भएको अवधिका लागि विभागसँग रहेको पुरानो मौज्दातले मात्र तत्कालिन माग व्यवस्थापन गर्न नसक्ने भएको तर, यस्ता वस्तुहरू अन्तःशुल्क टिकट नटाँसी बजारमा पठाउन नसक्ने अवस्था रहेकोले तत्कालिन आवश्यकता परिपूर्तिका लागि जनक शिक्षा सामाग्री केन्द्र लि. बाट अन्तरिम प्रयोजनका लागि अन्तःशुल्क टिकट छपाई एवं आपूर्तिको व्यवस्था गरिएको देखिन्छ । उक्त केन्द्रबाट आपूर्ति भएको अन्त शुल्क टिकटको खरिद लागत चुरोटतर्फ रु. ०.१६ (सोह पैसा) र मदिरा एवं सुर्तिजन्य वस्तुतर्फ रु.०.३४ (चौतिस पैसा) रहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार