भीआईपी सवार बुद्ध एयरमा रुवाबासी, काठमाडौं फिर्ता गरिएको जहाज फेरी भैरहवा मै अवतरण
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १४:४८:२७
१२ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित योजना आयोगको टोली सवार बुद्ध एयरको यू४–८५१ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको छ । जहाज बस्न नसक्ने भनेपछि जहाजभित्र यात्रुको रूवाबासी चलेको थियो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको र उक्त उडानलाई मध्याह्न १२ बजे पुनः भैरहवा अवतरण गराइएको जानकारी दिए । प्रतिकूल मौसमका कारण यती एयरलाइन्सको जहाज समेत भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको थियो ।
जहाज भैरहवास्थित गौतम बुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता गर्दा जहाजभित्र रूवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले जनाएको छ । आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो ।
यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो । जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो । पछि फेरी भैरहवा नै लगेर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार