मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १४:५२:३०
१२ असार, पर्वत । कच्ची सडकको सुविधा पुगेको डेढ दशकपछि पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि कच्ची सडकमा आवागमन गर्दा कारण सास्ती व्यहोर्न बाध्य जलजला–२, ३ र ४ का स्थानीय सडक कालोपत्र भएपछि हर्षित बनेका छन् ।
एकीकृत बस्तीको अवधारणा अनुसार ग्रामीण सडक कालोपत्र गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले जनाएको छ । एकीकृत बस्ती विकास कार्यक्रममार्फत जलजलाको मल्लाज क्षेत्रमा पर्ने वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सबइञ्जिनियर अमृत क्षेत्रीले बताए ।
“पहिलो चरणमा मल्लाजको खाल्टीबाट समिको रुखसम्मको एक हजार चार सय मिटरमा ‘प्राइमकोर्ट’ विछ्याएर प्रिमिक्स कारपेटिङ प्रविधिको कालोपत्र गरिएको छ । दोस्रो चरणमा बाँकी भाग कालोपत्र गरिने छ”, सबइञ्जिनियर अमृत क्षेत्रीले भने । कच्ची सडकलाई फराकिलो पार्ने, नाली, कल्भर्ट, पर्खाल निर्माण, सब बेस र बेस विछ्याउने काम सकेर प्राइमकोट 'बिटुमिन' विछ्याएर कालोपत्रको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।
सबइञ्जिनियर अमृत क्षेत्रीका अनुसार साढे पाँच मिटरदेखि छ मिटरको चौडाइमा प्रिमिक्स कारपेटिङ प्रविधिको कालोपत्र गरिएको छ । मौसमले अनुकुल भएमा यसै साताभित्र कालोपत्र गरिसक्ने योजनाका साथ मजदुर र उपकरण परिचालन गरिएको निर्माण कम्पनी गणेशकुण्ड आइएस निर्माण सेवा जेभीका प्रतिनिधि रामेश्वर ढकालले जानकारी दिए। “एक हजार चार सय मिटरमा प्राइमकोर्ट विछ्याउने काम गरेका छौँ”, उनले भने, “मौसमले साथ दिए एक हप्ताभित्रमा कालोपत्रको काम सक्छौँ ।”
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले विसं २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न रु ११ करोड १२ लाख ३१ हजार सात सय ४६ मा ठेक्का सम्झौता गरेको थियो ।
सडक कालोपत्र भएपछि जलजला–२, ३ र ४ नम्बर वडाका स्थानीयलाई आवतजावतमा सहज हुने वडा नं ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताए। सडक स्तरोन्नतिका क्रममा आइपर्ने समस्यालाई जनप्रतिनिधिले सहजीकरण गरेकाले समयमै योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ ।
घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै यहाँको विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको वडाध्यक्ष क्षेत्रीले बताए । सडक कालोपत्र भएसँगै माझफाँटमा एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायमा योजना माग गरिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार