रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १६:११:५७
१२ असार, कराँची । पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्रख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको बुधबार जियो न्यूजले जनाएको छ ।
मङ्लबार थप पाँचवटा नयाँ शवहरू फेला परेपछि रहस्यमय मृत्यु हुनेको सङ्ख्या बढेको छ । पाकिस्तानको गैरनाफामुलक कल्याणकारी संस्था छिपा वेलफेयर एशोसिएसनका अनुसार पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना लागूऔषध दुव्र्यसनमा फसेका देखिन्छन् ।
छिपा वेलफेयर एशोसिएसनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कराँचीका विभिन्न क्षेत्रमा स्वयंसेवकले थप पाँच जनाको शव फेला पारेको छ । तीमध्ये तीन जना लागूऔषध दुव्र्यसनी जस्तो देखिन्छन्, तर अहिलेसम्म एउटा पनि शव पहिचान भएको छैन ।”
जिओ न्यूजका अनुसार महानगरमा एम्बुलेन्सको सञ्जाल सञ्चालन गर्ने गैरसरकारी संस्थाले आज पहिचान नखुलेका शवको सङ्ख्या २२ पुगेको पुष्टि गरेको छ ।
मृतकका आफन्त कोही पनि शव लिन नआएकाले झण्डै दुई दर्जन शव अझै बेवारिसे अवस्थामा रहेको जनाइएको छ । कराँचीमा जारी गर्मीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएका र उनीहरूमध्ये धेरैलाई गर्मीका कारण विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।
कराँचीका विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी अज्ञात व्यक्ति मृत फेला परेको र उनीहरू लागुऔषधको प्रभावमा परेका र अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको कराँचीको अर्को मानवीय संस्था इधी फाउन्डेसनका अजीम खानले द न्यूजलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार