रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १८:६:५७
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी दुर्घटना उन्मुख भएको बताएका छन् । पार्टीको मत बुझ्न देश दौडाहामा निस्केका उनले ३२ जिल्ला घुमेपछि तयार पारिएको प्रतिवेदनमा पार्टी अहिलेकै चालमा रहे दुर्घटनामा पर्ने र विवेकशील भन्दा तल्लो हालतमा पुग्ने निश्चित रहेको उल्लेख छ ।
उनले पार्टी सभापति रवि लामिछानेलाई आजै उक्त प्रतिवेदन बुझाउँदै छन् । प्रतिवेदनको अन्तर्वस्तुमा पार्टीभित्र मात्र नभएर बाहिर पनि तरंग आउन सक्ने भन्दै संघीयताको विपक्षमा उभिनु पर्ने राय राखिएको छ । पार्टीकै निर्णय बमोजिम महामन्त्री ढकालले देशका ३९ जिल्लामा एक महिना समीक्षा यात्रा गरेका थिए । त्यस क्रममा आफ्नो पार्टीका समर्थक, शुभचिन्तकदेखि सर्वसाधारणसम्मलाई भेटेर सल्लाह सुझावहरू उनले संकलन गरे । यिनै सुझावहरूका आधारमा महामन्त्री ढकालले आफ्नो प्रतिवेदन तयार गरेका हुन् ।
मुकुल ढकालले पार्टी विवेकशील जस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना देखिएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्ता भेटका लागि निस्किएका महामन्त्री ढकालले यस्तो निष्कर्ष निकालेका हुन् । देश दौडाहापछि महामन्त्री ढकाललाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको थियो । ढकालले बुधबार साँझ ६ बजे सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउने समय लिएका छन् ।
३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरुसँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन् । महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयर जितेका हर्क साम्पाङबारे भने महामन्त्री ढकालको प्रतिवेदन मौन छ ।
समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो । बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैंको भनाइअनुसार उनी राजनीतिमा छैनन् । र उनी स्थानीय तहका प्रमुख हुन् । उनको विचारमा या गैरराजनीतिक पद हो, महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ । मेयर बालेन राजनीतिमा आउँछन् वा आउँदैन भन्ने अहिलेको प्रश्न रहेको उनले बताएका छन् । राजनीतिमा आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् भन्ने चासो आमनागरिकमा रहेको पाइएको महामन्त्री ढकालको भनाइ छ ।
तीन तहका सरकारमध्ये स्थानीय तहहरू भने कायम राख्नुपर्ने राय महामन्त्रीले प्रस्तुत गरेका छन् । तर, पछिल्लो समय कुनै पूर्वाधार र मापदण्डबिना अन्धाधुन्ध नगरपालिका घोषणा गर्ने कार्यबाट जनता सन्तुष्ट नरहेको उनको प्रतिवेदनमा औँल्याइएको छ । नगरपालिका घोषणाले जनतालाई सुविधा दिने भन्दा पनि करको बोझ माथि थपेको उल्लेख छ । उनले गणतन्त्र र धर्मनिरपेक्षताका विषयमा भने कुनै पनि टिप्पणी गरेका छैनन् । धर्मको विषयमा उनको प्रतिवेदन मौन छ भने गणतन्त्रलाई स्वीकार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार