कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १९:१:३७
१२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अङ्ग भएको बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताए ।
उनले नेपालका मौलिक कला तथा सांस्कृतिक विविधतालाई संरक्षण गर्दै नवीन विशेषता जोड्दै जानुपर्ने आवश्यकता औंल्याए । “नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले धरोहरका रूपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्”, राष्ट्रपति पौडेलले भने, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यिनमा नवीन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”
हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्दै उनले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । “संस्कृति नेपालीहरूको जीवनशैली र पहिचान पनि हो । त्यसैले इतिहासमा गर्व गरेर मात्रै पुग्दैन, इतिहास निर्माणका काममा पानि हामीले योगदान दिन आवश्यक छ”, राष्ट्रपति पौडेलले भने ।
सरकारले प्रतिष्ठानद्वारा श्रष्टाको सम्मान गर्दै आएकोमा खुसी व्यक्त गर्दै स्रष्टाको सम्मान गर्ने परिपाटीले सम्पूर्ण संस्कृति र सिर्जनाको सम्मान गरिएको राष्ट्रपति पौडेलको भनाइ थियोे । उनले स्रष्टा सम्मान परम्परालाई नयाँ पुस्ताले अनुशरण गर्दै जानुपर्ने समेत सुझाव दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक हितबहादुर तामाङले नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर र कलात्मक सम्पदाले पहिचानमा विशिष्टता प्रदान गर्ने बताए ।
उनले भौतिक सम्पदासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । “हामीले हाम्रो संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न सदैव तयार रहनुपर्छ”, मन्त्री तामाङले भने, “यसर्थ नेपाल सरकारले पनि कला, संस्कृति र साहित्यको प्रोत्साहन र संरक्षणमा विशेष ध्यान दिएको छ । यसका लागि सरकार सधैं प्रतिबद्ध छ ।” उनले सङ्गीत, नाटक र नृत्य क्षेत्रले हाम्रो समाजलाई एकजुट गर्न र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट छजना स्रष्टा पुरस्कृत भएका छन् । रङ्गमञ्च विधाबाट हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधाबाट तारा थापा, लोक सङ्गीत विधाबाट बोमबहादुर कार्की, नाट्य विधाबाट गोपाल देवान र नृत्य विधाबाट जोगेन्द्र केसी पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई जनही रु एक/एक लाख र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।
प्रतिष्ठानका कुलपति निशा शर्माले प्रतिष्ठानको प्रेक्षालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको चरणमा रहेको बताउँदै पर्यटनमन्त्रीसँग सहयोगको अपेक्षा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार