वीरगञ्जमा भेटिए कालाजार र डेङ्गीका बिरामी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार २०:५६:५८
१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेङ्गीका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९ रानीघाटमा बसोबास गर्दै आएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए ।
“कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ”, उनले भने, “कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ ।” उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गरे । यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौ जनामा डेङ्गी भेटिएको बताए । पछिल्लो तीन महिनामा सात जना डेङ्गीका बिरामी महानगरभित्रै र अन्य दुई बिरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन् ।
डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको साहले बताए । कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग झापादेखि बारासम्म १२ जिल्लामा पाइए पनि अन्य तराईका जिल्लामा फाट्टफुट्टरुपमा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार