लगानी सहजीकरण विधेयकमाथि कांग्रेसले संशोधन हाल्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार २२:२४:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/congress-2_8FqaB03meb_uRGkWysEPA.png)
१२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि दलगतरुपमा समूहमा संशोधन हाल्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलले आज सिंहदरबारमा आयोजना गरेको लगानी सहजीकरण विधेयकमाथि उद्योगी, व्यवसायी एवं लगानीकर्तासँगको छलफलपछि यस्तो निर्णय गरेको हो ।
प्रस्तावित विधेयक लगानीमैत्री नभएकाले संशोधनमा सुधार गर्न समूहगतरुपमा संशोधन हाल्ने निर्णय भएको छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य नागिना यादवले जानकारी दिइन् । उनका अनुसार विधेयकमाथि उद्योगी, व्यवसायी र लगानीकर्ताको सुझावका आधारमा सांसदहरुले व्यक्तिगतरुपमा नभई दलगतरुपमै संशोधन हाल्ने निर्णय भएको छ ।
सांसद यादवले वैदेशिक लगानी सहजीकरणका लागि बनेको विधेयकमाथि आठ बुँदामा संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताइन् । जग्गाको हदबन्दी, जग्गाप्राप्ति, वन, सार्वजनिक निजी साझेदारी लगानी, विशेष आर्थिक क्षेत्रलगायतका विषयमा संशोधनको प्रस्ताव गरिने भएको छ । कांग्रेस उदार लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले वैदेशिक लगानी आकर्षण गर्न कति लचकता अपनाउन सकिन्छ भन्ने विषयमा पनि विचार प्रस्तुत गरिएको सांसद यादवले बताइन् ।
प्रस्तावित विधेयकमाथिको छलफलमा व्यावसायीले कतिपय विधेयकका सम्बन्धमा आफूहरूले दिएका सुझावलाई बेवास्ता गरिएको र केबल साक्षीका लागि मात्रै सुझाव लिने गरिएको भनी असन्तोष प्रकट गरेका थिए । उनीहरुले प्रस्तावित विधेयकले राजनीतिक विचारधाराको आधारमा नभई कर्मचारीतन्त्रले आफू अनुकूल बनाउन खोजिएको र व्यायसायीले दिएका कुनै पनि सुझाव नसमेटिएको भनी आलोचना गरेका थिए ।
उद्योग सञ्चालनका लागि जग्गाप्राप्ति र बेचबिखनका सन्दर्भमा सीमा तोकिएकाले भविष्यमा बेचबिखनमा पर्नसक्ने अप्ठ्यारालाई सहज तुल्याउने प्रावधान विधेयकमा हुनुपर्ने सुझाव आएको सांसद यादवले जानकारी दिइन् ।
सहमहामन्त्री जीवन परियारले संसदीय दलले विभिन्न विधेयकबारे नियमित छलफल गरिरहेको र आज लगानी विधेयकबारे विज्ञ सरोकारवालासँग छलफल गरेको बताए । उनका अनुसार व्यवसायीले लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधनको विषय प्राथमिकतामा राख्न पार्टीलाई सुझाएका छन् । छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सचेतक सुशीला थिङलगायत सांसदहरु उपस्थित थिए । व्यवसायीका तर्फबाट उद्योगी व्यवसायीको छाता सङ्गठनका प्रमुख र प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार
असार १५, २०८१ शनिबार
मधेसमा २० वर्ष नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी
असार १५, २०८१ शनिबार
कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड
असार १५, २०८१ शनिबार
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी
असार १५, २०८१ शनिबार
तस्बिरहरुमा हेरौँ बाढीको दुई वर्ष पछिको मेलम्ची
असार १५, २०८१ शनिबार
थलापर्यो धितोपत्र बोर्ड, ३० अर्बमाथिका आइपिओ रोकिए
असार १५, २०८१ शनिबार