युरोकपको नकआउट चरणको समीकरण पुरा
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार ७:२०:५२
१३ असार, काठमाडौं । जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् ।जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शीर्ष चार देश नक आउट चरणमा पुगेका छन् । जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।
त्यस्तै समूह 'बी' बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समूहबाट सर्बिया बाहिरिएको छ ।
त्यस्तै समूह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुँदै नक आउटमा पुगेको छ । त्यसैगरी समूह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुँदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नक आउटमा पुगेको छ । त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नक आउटमा पुगेको छ ।
अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ । त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ । नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार