करण जोहर भन्छन्– मेरो 'शो'मा सेलिब्रेटी बोल्न डराए !
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार ९:५६:५३
१३ असार, काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ । तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन् । यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९ औं सिजन ल्याइरहेका छैनन् ।
८ औं सिजनको र्यापिड फायर राउण्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन् । विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन् ।
हालै युट्युबर सुचित्रा त्यागीसँगको एक अन्तर्वार्तामा करण जोहरले कफी विथ करणको नयाँ सिजनको बारेमा कुरा गरेका छन् । अर्को सिजन कहिले आउँछ भन्ने प्रश्नमा उनले यो वर्ष शो नआउने बताए । उनले एक वर्षको विश्राम लिएर सन् २०२५ मा नयाँ ढंगले आउने बताएका छन् ।
कफी विथ करणको ८ औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए । कफी विथ करणको ८ औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए ।
गत सिजनको बोरिङ र्यापिड फायरबारे उनले भने, ‘मलाई बिस्तारै मानिसले आफूलाई बन्दी बनाएको महसुस हुन थालेको छ । उनीहरू डराएको, मानिसहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर बोल्न हिच्किचाउन लागेको महसुस भएको छ । त्यसैले मलाई लाग्छ ती सेलिब्रेटीहरूसँग यो गर्नु हुँदैन । अब म 'शो'लाई गपशप र कुराकानीले भरिपूर्ण बनाउन चाहन्छु ।'
करणले थप भने, ‘म 'शो'लाई वास्तविक बनाउन चाहन्छु, अहिले मानिसहरु निकै खुलेर देखिएका छन् । मैले कार्यक्रममा क्रमबद्ध प्रश्नहरू राख्न पनि बन्द गरेको छु, किनकि मलाई लाग्छ कि यी अब उपयुक्त छैनन् । यो केही समयको लागि मात्र ठीक थियो । मानिसहरू रिसाउँछन् ।'
करणले रियालिटी शोमा उनको खिल्ली उडाएको भन्दै प्रतिक्रिया दिएका छन् । राम्रो हास्यव्यंग्यका साथ शो बनाउनुपर्ने उनको भनाइ छ । उनले आउदो शो सकेसम्म संवादात्मक बनाउने तथा सनसनीपूर्ण र विवादास्पद र्यापिड फायर नगर्ने बताएका छन् ।
करण जोहरले कुराकानीमा भनेका छन्, ‘आजकाल सेलिब्रेटीहरू आफ्नो पीआर, पब्लिसिस्ट, म्यानेजर र सम्पूर्ण टिमसँग आउँछन् । तिनीहरूले मनिटर हेर्छन् र उनीहरुले 'शो'बाट केही न केही डिलिट गर्न माग गरिरहन्छन् ।' करणको यो शो सेलिब्रेटीका अभिव्यक्तिका कारण सधै विवादमा रहिरहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार