यो वर्षको एसईईमा ५२.१४ प्रतिशत परीक्षार्थी फेल, यसरी हेर्नुहोस् नतिजा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १०:४०:११
![](https://nepalbahas.prixacdn.net/media/albums/see_5_ACjU7WWztc_0dGenhKdYz.jpg)
१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा यो वर्ष धेरै विद्यार्थी अनुर्तीण भएका छन् । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।
जसमध्ये १८६ जनाको ४ जीपीए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिक तर्फ ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अंक र आन्तरिक मूल्यांकन २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गरेको हुनुपर्छ ।
जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अंक ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अंक आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ । यो वर्ष एसईईको नतिजामा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ गरिएको छ ।
निर्देशिका अनुसार सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । नतिजामा सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिएको छ । दुवैतर्फ यो भन्दा कम प्रतिशत ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको प्राप्ताङ्क प्रतिशतका आधारमा आठ वटा स्तरीकृत अंक (जीपीए) र अक्षर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ ।
जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिङ ए प्लस’ हुनेछ, यसलाई सर्वोत्तम उपलब्धि मानिएको छ । यस्तै ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेर्ड ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरुको ग्रेर्ड बी प्लस’ हुनेछ ।
यस्तै ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेर्ड बी’, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र ग्रेर्ड सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेर्ड डी’ कायम हुनेछ ।
सैद्धान्तिक तर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा नन ग्रेडेड र जीपीएको वर्ग खाली राखिनेछ । प्रत्येक विषयमा आन्तरिक तर्फ न्यूतनम सी र सैद्धान्तिक तर्फ डी ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।
मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन । यसअघिका वर्षहरूमा प्रमाणपत्रमा इ ग्रेडसम्मको ग्रेडिङ थियो भने नन ग्रेडेडको प्रावधान थिएन । दुई वटा विषयमा नन ग्रेडेड नतिजा आएका विद्यार्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् ।
दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम् ग्रेड पाउन नसकेका विद्यार्थीले नियमित कक्षामा सहभागी भइ पढ्नुपर्नेछ । उनीहरुले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् । यदि विद्यार्थी सैद्धान्तिक तर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ ।
बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिनेछ । बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ । यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, पाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार