राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन संशोधन, प्राथमिक पुँजी वृद्धि र अग्राधिकार शेयर जारी गर्न सहज
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १२:४०:३२
१३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन गरेको छ । थपिएका नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थालाई प्राथमिक पूँजी बढाउन सहज भएको छ भने अग्राधिकार शेयर जारी गर्नसक्ने बाटो खुलेको छ । राष्ट्र बैंकले इ.प्रा. निर्देशन नं. १६/०८० मा बुँदा नं ७ थप गरी क्रम संख्या मिलान गरेका कारण सहज भएको हो । यसअघि यो व्यवस्था थिएन ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंकहरूलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोल्दा १२ सर्त राखेर अतिरिक्त पुँजी जुटाउने बाटो दिएको छ । बैंकले एक परिपत्रमार्फत् जारी गरेको एकीकृत निर्देशन अनुसार अब बैंक वित्तीय संस्थाले अविमोच्य असञ्चित प्रकृतिको अग्राधिकार शेयर जारी गर्न पाउनेछन् ।
यस्तो प्रकृतिको शेयर जारी गरेपछि बैंकहरूको प्राथमिक पुँजीको चाम घट्नेछ । बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म अग्राधिकार शेयर जारी गर्न पाउँछन् । अब बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताको आधारमा तोकिएको शर्तहरूको अधिनमा रही अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिन सक्नेछन् । तर अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन ।
राष्ट्र बैंकले पूँजी पर्याप्ततालाई सघाउन डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको छ । अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्नु पर्नेछ ।
संस्थाले निष्काशन गरेको शेयर मध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ । अग्राधिकार शेयरमा सेयरपूँजीज तथा ऋण दुबैंको मिश्रीत विशेषता हुने गर्छ । अग्राधिकार शेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ भने यो समूहको शेयरहरूले साधारण शेयरधनीहरू भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
मंसिर ६, २०८१ बिहिबार
बैंकमा ऋण दिन मिल्ने रकम धेरै भयो, बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार