पर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुना घर निर्माण
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १४:१२:२१
१३ असार, भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुना घर र सहिद उद्यान निर्माण थालेको छ । करिब रु चार करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर पाहुना घर र सहिद उद्यान निर्माण थालिएको हो । अहिले रु ९८ लाख लागतमा यहाँ दुई पाहुना घर, एक सम्पर्क केन्द्र र सभाहल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।
त्यससँगै यहाँ सहिद उद्यान र विश्रामस्थल निर्माण गरिने उनले बताए । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिररहेको प्रशासकीय अधिकृत पोखरेलले बताए । “पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ”, प्रशासकीय अधिकृत पोखरेलले भने, “अहिले यहाँ रु ९८ लाखमा बोलपत्र आह्वान गरेर पाहुना घर भइरहेको काम अन्तिम चरणमा पुगेको छ ।”
यहाँ नागछागा, गोल्मेराजा गोल्मेरानी भिर, धार्मिक क्षेत्र गङ्गा खोलालगायत ऐतिहासिक क्षेत्र छन् । गाउँपालिकाले यहाँ सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न डाग्बुङ पदमार्ग निर्माण गरिरहेको छ ।
गाउँपालिका क्षेत्रका पर्यटकलाई लक्षित गरेर वैकुण्ठमा पाहुना घर र सहिद उद्यान निर्माण थालिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । डाग्बुङ पदमार्गसँगै यहाँका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए । पाहुना घर तथा सहिद उद्यान निर्माणले यहाँ आउने पर्यटकलाई सहजता थप्ने उनी बताउँछन् ।
गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । पर्यटनको योजनाबद्ध विकास गरेर आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने स्थानीय नवीन राईले बताए । पर्यटकको आवगमनलाई सुरक्षित र सहज बासका लागि पाहुना घर र सहिद उद्यान निर्माणले स्थानीयमा उत्साह थपिएको उनले बताए ।
“गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा गरिरहेको कामले स्थानीयमा उत्साह बढेको छ”, उनले भने, “यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसको विकास गरेर दिगो आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना छ । गाउँपालिकाले गरिरहेको कामले हामीमा खुसी थपेको छ ।” सङ्घ सरकारको विशेष अनुदान र गाउँपालिकाको साझेदारीमा निर्माणको काम भइरहेको छ । विस्तृत परियोजा प्रतिवेदन (डीपीआर) अनुसारका थप संरचना निर्माणसँगै कामलाई निरन्तरता दिन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक करोड बजेट विनियोजन गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार