राजदूत चयन र मुख्यसचिवको सरुवामा प्रधानमन्त्री प्रचण्डमाथि संसदमा उठ्यो प्रश्न
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १४:३६:५३
१३ असार, काठमाडौं । भ्रष्टाचार प्रकरणमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्यालको नयाँ पद सिर्जना गरी गरिएको र सरुवा र जथभावी कूटनीतिक मर्यादा विपरित राजदूत नियुक्तिको विषयलाई लिएर संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठेको छ । सांसदहरुले दुवै विषयले देशको साँख गिराएको भन्दै प्रधानमन्त्रीले यसबारे सदनमा जवाफ दिनुपर्ने माग गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजदूत नियुक्तिको निर्णय फिर्ता लिनुपर्ने माग राखेको छ भने राप्रपाले निलम्बनमा परेका मुख्यसचिव अर्यालको सरुवा कुन आधारमा भयो भनेर प्रधानमन्त्रीको जवाफ मागेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद एनपी साउदले राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् ।
राप्रपाकी सांसद विना लामाले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेकी छन् । पूर्वपरराष्ट्र मन्त्री समेत रहेका साउदले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताएका छन् । यस विषयमा प्रधानमन्त्रीको कमजोरी रहेकाले सच्याउनुपर्ने उनको माग छ ।
उनले सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गलत भएको बताए । यसरी नियुक्ति गर्दा केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भनेको र यसले सरकारमाथि नैतिक प्रश्न उठको बताए । एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा कसैसँग स्वीकृति नलिई नियुक्ति गर्दा केहीले पद नै परित्याग गर्नुपर्ने अवस्था आएकाले निर्णय फिर्ता हुनुपर्ने उनले बताए ।
उनले नियुक्त गर्नुपर्ने गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गरिनुले कुटनीति अस्मिता, मर्यादा र विश्वमा आँच पुगेको उनले बताए ।
यस्तै राप्रपाकी सांसद विना लामाले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरिन । अवकाशको तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? भन्दै प्रश्न गरिन् ।
सरकारले यतिधेरै महत्व दिएका मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् । अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, उनले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार