प्रतिनिधि सभाका विषयगत समितिमा सदस्य हेरफेर
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १५:३६:८
१३ असार, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले संघीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ ।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज घिमिरेले सभाको सहमतिका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम विभिन्न विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेरका लागि पनि प्रतिनिधिसभाको आजको बैठकले सहमति जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसद डा प्रकाशशरण महतलाई अर्थसमिति र सांसद नारायणप्रकाश साउदलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको छ ।
कांग्रेसका सांसद सीता गुरुङ र नेकपा एमालेका सांसद सुहाङ नेम्वाङलाई कानुन, न्याय तथा मानवअधिकार समितिमा जिम्मेवारी दिइएको हो । त्यसैगरी, कांग्रेसका सांसदद्वय रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी दिइएको छ ।
कांग्रेस सांसदहरू टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा, धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । जनमत पार्टीका सांसद अनिता देवीलाई राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र असिम शाहको विषयगत समितिको जिम्मेवारी हेरफेर भएको छ । ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा र शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइउने प्रस्तावलाई प्रतिनिधिसभाले सहमति जनाएको हो ।
त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा जनमत पार्टीका सांसद अब्दुल खांनको स्थानमा सांसद देवी मनोनित हुनुभएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूतमा सिफारिस नेपालीको सुनुवाइ सकियो
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूतमा सिफारिस नेपालीको सुनुवाइ सकियो
पुष १४, २०८१ आइतबार
कोटेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
पुष १४, २०८१ आइतबार
फेवातालमा ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु [ फोटो फिचर ]
पुष १४, २०८१ आइतबार
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
पुष १४, २०८१ आइतबार
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
पुष १४, २०८१ आइतबार