रूसको दागेस्तान हमलाको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १५:४०:३३
१३ असार, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रंघीय सुरक्षा परिषदले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रूसको दागेस्तानमा आइतबार भएको आतङ्कवादी हमलाको ‘कडा शब्दमा’ निन्दा गरेको छ ।
सुरक्षा परिषद्का सदस्यहरूले रूसी सङ्घको दागेस्तान गणतन्त्रमा भएको ‘जघन्य र कायरतापूर्ण आक्रमण’को कडा निन्दा गरेका हुन । विज्ञप्तिमा पीडित परिवार, सरकार र रूसका जनताप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरिएको छ भने घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।
आतङ्कवादको गतिविधि र अभिव्यक्तिले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा भएको पुष्टि गर्दै सुरक्षा परिषद्का सदस्यले आतङ्कवादका अपराधी, आयोजक, वित्तपोषण गर्ने तथा प्रायोजकलाई जवाफदेही बनाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरामा जोड दिए ।
उनीहरूले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्तावहरू अन्तर्गत आफ्ना दायित्वहरू अनुसार यस सन्दर्भमा रूसी सरकार र अन्य सरोकारवाला अधिकारीसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।
सुरक्षा परिषद्का सदस्यले आतङ्वादी आक्रमणलाई आपराधिक र अन्यायपूर्ण भएको दोहोरÞ्याउदै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व अनुसार आतङ्कवादी कार्यबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतरासँग लड्नुपर्ने आवश्यकतालाई औल्याएका छन् ।
दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा आइतबार भएको आक्रमणमा प्रहरी अधिकारी र सर्वसाधारणसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
अर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक
मंसिर ३०, २०८१ आइतबार